Monday, January 20, 2014

मौरीपालन तालिम सुरु

मौरीपालन तालिम सुरु
सर्लाही समाचारदाता
मलंगवा, माघ ०६ । चक्रेश्वर तरकारी बाली कृषि समूहको आयोजनामा नेत्रगंजमा मौरी व्यवस्थापन सम्वन्धी तीन दिने तालिम सुरु भएको छ ।
व्यवसायिक कृषि तथा व्यापार आयोजनाको सहयोगमा नेत्रगन्ज गाविस–५ स्थित समूहले तालिमको आयोजना गरेको हो । तालिममा नेपाल मौरीपालक महासंघका महासचिव हेमराज देवकोटाले सहजीकरण गरिरहेका छन् । तालिममा आयोजक समुहका ३० जना सदस्यहरुको सहभागिता रहेको छ । –प्रेम पौडेल

No comments:

Post a Comment