Thursday, January 30, 2014

सहिद दिवसमा विभिन्न कार्यक्रम सम्पन्न

सहिद दिवसमा विभिन्न कार्यक्रम सम्पन्न
सर्लाही समाचारदाता
हरिवन, माघ १६ । सहिद दिवस विहिवार जिल्लाभर विभिन्न कार्यक्रम गरि मनाईएको छ । प्रजातन्त्र र स्वतन्त्रता प्राप्तिका लागि आफ्नो ज्यान बलिदान दिने सहिदहरूको सम्झनागर्दै  दिवस मनाईएको हो ।  दिवसको अवसरमा नेपाली काँगे्रस गाउँ समिति हरिवनको कार्यालयमा ज्ञात अज्ञात सहिदको सम्झनामा मौन घारण गरी दिप प्रज्वलन समेत गरिएको थियो ।  काँगे्रस गाउँ सभापती डोरप्रसाद भट्राईको अध्यक्षतामा  कार्यक्रम गरी सहिदहरुको सम्झना गरिएको थियो ।
कार्यक्रममा कांग्रेसका शम्भु उप्रेती, मो. कमुरुद्धीन, राजेन्द्र भट्टराई, दिलीप राजभण्डारी, बिनोद कार्की लागत मन्तव्य व्यक्त गरेका थिए ।
त्यस्तै काँगे्रस गाउँ समिति हरिवन, नेविसंघ र तरुण दलको संयुतm आयोजनामा हरिवन बजारमा शहिदको तस्वीरमा माल्यापर्णका साथै दिप प्रज्वलन गरिएको थियो ।
त्यस्तै नेपाली काँगे्रस गाउँ समितिले लालबन्दीमा पनि सहिदको सम्झना गरेको छ । समितिको कार्यालयमा भएको कार्यक्रममा स्वार्गिय विपिको तस्विरमा माल्याअर्पणका साथै सहिदहरुको सम्झानामा एक मिनेट मौन धारण गरिएको नेपाली काँगे्रस लालाबन्दीले जनाएको छ । शिक्षक चेत बहादुर मगरले स्वागत गरेको कार्यक्रम पार्टीका गाउँ सभापती कृष्ण दाहालको अध्यक्षता तथा क्षेत्रिय सभापती प्रमोद बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । मोहन कोईरालाले सञ्चालन गर्नु भएको कार्यक्रममा नेपाली काँगे्रसका नेताहरु कुवेर अचार्य, शिव न्यौपाने, पद्म बहादुर वाईवा, उद्धव पौडेल, देवराज पौडेल, बासु अधिकारी, सुशिल शर्मा, विष्णुमणी घिमिरे, महिला नेतृ जानदेवी अधिकारी लगायतले मन्तव्य राखेको थिए ।
त्यस्तै नेकपा एमाले जिल्ला कमिटीले पनि सदरमुकाम मलंगवामा विभिन्न कार्यक्रम गरी सहिद दिवस मनाएको छ । जिल्ला अध्यक्ष मनोज देवकोटोको अध्यक्षता तथा बैकल्पिक केन्द्रिय सदस्य रविन्द्र बैठाको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी सहिद दिवस मनाईएको थियो ।
यसैबिच  सरस्वती उमावी भक्तिपुर, सहयोगी बाल क्लव र रुपान्तरण नेपाल को संयुक्त आयोजनामा  भक्तिपुरमा विभिन्न कार्यक्रम गरिएको छ । सहिदहरुको सम्झना गर्दै ¥याली, सभा,  श्रद्धाञ्जली प्रदान गरिएको उमावीका विद्यालयका प्रधानाध्यापक विन्देश्वर सिंहले जानकारी दिए । स्थानीय समाजसेवी ध्रुव प्रसाद ढकालको अध्यक्षता तथा श्रोत व्यक्ति जयनारायण साहको प्रमुख आतिथ्यतामा सहिदहरुको सम्झना गरिएको हो । कार्यक्रममा गाविस सचिव कपिमुनी पोखरेल, शिक्षा प्रेमी रामचन्द्र कार्की, सिताराम दाहाल, प्रेमराज आचार्य लगायतले मन्तव्य राखेका थिए ।
त्यसैगरी  नेपाल विद्यार्थी संघले क्षेत्र नम्वर १ ले लालबन्दीमा रहेको जनज्योति बहुमुखी क्याम्पसमा र क्षेत्र नम्वर २ ले सुखेपोखरीमा रहेको चर्तुरभुजेश्वर बहुमुखी क्याम्पसमा  सहिदहरुको सम्झना दिप प्रज्वलन गरेको छ । त्यस्तै नेपाली काँगे्रस गाँउ समिती कर्मैयाले पनि सर्वदलिय कार्यक्रम गरी सभापती दिपक रानाभाटको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरेको शंकर थापाले जानकारी दिए ।

No comments:

Post a Comment