Thursday, January 30, 2014

धमिराले उखु सखाप

धमिराले उखु सखाप
सर्लाही समाचारदाता
घुर्कौली, माघ १६ । धमिराले खेतमा नै उखु खाएर सखाप पार्न थालेपछि घुर्कौलीका किसानहरु चिन्तित भएका छन् ।
उखु बिक्रीका लागी उद्योगमा लैजाने समयमा धमिराले उखुमा नोक्सानी पु¥याउन थालेपछि त्यस क्षेत्रका किसानहरु चिन्तित भएका हुन् । धमिराले घुर्कौली वडा नम्वर १ र ४ मा लगाईएको करिव ८ बिगाह जमिनको उखुमा क्षती पु¥याएको छ । केहि दिन यता धमिरालेगर्दा उखुको बोटै मर्न थालेको किसानहरुको गुनासो छ । गतकात्तिक देखी नै उखुमा धमिराले सामान्य क्षति पु¥याएको भएपनि अहिले आएर व्यापक मात्रामा धमिरा लाग्न थालेको किसानहरुले बताएका     छन् । किसानहरुले धमिराले उखु बारीमा क्षति पु¥याएको इंन्दु शंकर चिनी उद्योग हरिवनमा जानकारी गराएपछि विहिवार उद्योगका सहायक उखु प्रवन्धक दिवाकर पौडेलको नेतृत्वामा स्थलगत अनुमगन गरिएको छ । अनुगमनका क्रममा आफुहरुले उखु बारीमा निकै क्षती पु¥याएको पाएकाले किसानहरुलाई तत्काल उखु काटेर उद्योगमा बिक्रीका लागी ल्याउन सल्लाह दिएको पौडेलले बताए । लगातार एउटै जग्गामा उखु खेती गरेको र हल्का माटोका कारण धमिरा लागेको हुन सक्ने टोलीले बतायो ।

No comments:

Post a Comment