Friday, January 24, 2014

तीन इलाकामा नयाँ ‘इन्सपेक्टर’

तीन इलाकामा नयाँ ‘इन्सपेक्टर’
सर्लाही समाचारदाता
हरिवन, माघ १० । जिल्ला स्थित  तीनवटा इलाका प्रहरी कार्यालयमा प्रमुखको रुपमा नयाँ प्रहरी निरीक्षक (इन्सपेक्टर) आउने भएका छन् ।
इलाका प्रहरी कार्यालय हरिवन, हरिपुर र लालबन्दीमा प्रमुखको रुपमा नयाँ इन्स्पेक्टरहरु आउने भएका हुन् । शुक्रबार प्रहरी प्रधान कार्यालयले गरेको सरुवा अनुसार इलाका प्रहरी कार्यालय हरिवनमा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान व्यूरोबाट महेश थापा, हरिपुरमा प्रहरी प्रधान कार्यालय आपूर्ति महाशाखाबाट शम्भु पोखरेल र लालबन्दीमा महानगरीय प्रहरी पहरा गण त्रिपुरेश्वरबाट विष्णुप्रसाद सोती प्रमुखको रुपमा आउने भएका हुन् ।
हरिवनमा कार्यरत प्रहरी निरीक्षक शंकरसिंह रावलको महानगरीय प्रहरी आयुक्तको कार्यालय काठमाण्डौ अन्तर्गत शान्ति सुरक्षा महाशाखामा, हरिपुरका गोपालप्रसाद पोखरेलको महानगरीय सशस्त्र प्रहरी गण नं. २ को गुल्म नम्बर ४ महाराजगंज तथा लालबन्दीका लक्ष्मणबहादुर थापामगरको महानगरीय प्रहरी पहरा गण त्रिपुरेश्वरमा सरुवा भएको छ । माघ महिनाको तलब भत्ता खाने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयको प्रहरी कितावखानामा लेखेको पत्रमा उल्लेख छ ।

No comments:

Post a Comment