Wednesday, January 22, 2014

बेवारिसे शवको सनाखत भयो

बेवारिसे शवको सनाखत भयो
सर्लाही समाचारदाता
बरहथवा, माघ ८ । बरहथवामा भेटिएको बेवारिसे शवको बुधबार सनाखत भएको छ ।
मंगलबार बरहथवा–४ र ८ मा पर्ने नालामा भेटिएको शवको बुधबार नाम र ठेगाना खुलेको हो । उक्त शव सुन्दरपुरचोहर्वा–७ का बिनोद महतोका बाबु करिव ७० वर्षिय माझी महतोको रहेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । मंगलबार भेटिएको शव जिल्ला अस्पताल मलंगवामा पोष्टमार्टम गरी सनाखत भएपछि बुधबार परिवारजनलाई बुझाईएको छ । मानसिक सन्तुलन ठिक नभएका मृतक महतो सोमबारदेखि नै घरबाट हराएका थिए ।

No comments:

Post a Comment