सुमित्राले पाईन् विमाको रकम
सर्लाही समाचारदाता
इश्वरपुर, माघ ०९ । एशियन लाइफ इन्स्योरेन्स कम्पनि लि.ले विहिबार इश्वरपुरमा विमितका आफन्तलाई विमा रकम प्रदान गरेको छ ।
वयलबासमा एक कार्यक्रमको आयोजना गरी विमित रामएकवाल साह तेलीकी श्रीमती सुमित्रालाई पतिको विमा वापतको रकम प्रदान गरिएको हो । कम्पनीका हरिवन उपशाखा इन्चार्ज मनोज दाहालले श्रीमति तेलीलाई ७६ हजार सातसय ६१ रुपैयाको चेक हस्तान्तरण गरेका हुन् ।
कम्पनीमा एकवर्ष अघि ७५ हजारको जिवन विमा गराएका साहको गत भदौ ३० गते निधन भएको थियो । मृतक साहको जिवन विमा अन्तर्गत पाँचहजार दुईसय ३३ रुपैयाका दरले दुईकिस्ता रकम कम्पनिलाई बुझाईएको इन्चार्ज दाहालले बताए । विमितको रकम तत्काल नै उपलब्ध हुनपर्ने भएपनि मृतकको कागजपत्र नमिलेकाले रकम उपलब्ध हुन केही ढिलाई भएको दाहालले उल्लेख गरे ।
No comments:
Post a Comment