प्रहरीले खोज्न थाल्यो फरार अभियुक्तहरु
टंकबहादुर क्षेत्री÷सर्लाही दैनिक
मलंगवा, माघ १५ । पछिल्लो सयम अपराधिक घटना बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालयले आÇनो सकृयता बढाएको छ । माघको पहिलो दिनमै अपहरणमा परेका बबरगंजका एक सर्वसाधारणको शव खाडलमा पुरिएको अवस्थामा गत आईतबार फेला परेपछि सो घटनाका साथै क्रियाक्लापमा संलग्न फरार अभियुक्तहरुलाई नियन्त्रणमा लिनका लागि जिल्ला स्थित प्रहरी नेतृत्वले विशेष अभियान नै शुरु गरेको छ । अपराधीक घटना न्यूनिकरणका लागि फरार अभियुक्त नियन्त्रणमा अभियान नै चलाईएको प्रहरी उपरीक्षक रविन्द्रबहादुर धानुकले बताए । ‘‘फौजदारी मुद्धाका फरार अभियुक्तहरु पक्राउ गर्न विशेष टोली नै परिचालन गरेका छौं ।’’ प्रहरी उपरीक्षक धानुकले भने–‘‘अभियुक्त जो सुकै भएपनि नियन्त्रणमा लिएर कार्वाही प्रकृया अगाडी बढाईने छ ।’’
पछिल्लो समय अपहरण, लुटपाट लगायतका घटना श्रंखलाबद्ध रुपमा हुन थालेपछि जिल्ला प्रहरी कार्यालयले विशेष टोली परिचालन गरेको छ । २०४३ सालदेखि विभिन्न अपराधीक घटनामा संलग्न भई फौजदारी मुद्धामा फरार रहेका अभियुक्त पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयले विशेष टोली नै खटाएको हो ।
प्रहरी नायव निरीक्षक गोविन्दलाल कर्णको नेतृत्वमा ‘फरार अभियुक्त’ पक्राउ टोली खटाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । टोलीले बुधबारबाटै काम सुरु गरिसकेको छ । कर्ण नेतृत्वको टोलीले बुधबार नै दुई–चारजनालाई पक्राउ गरेर अनुसन्धानका लागि ल्याएको स्रोतले जनाएको छ । पक्राउ गरेर ल्याएकाहरुबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी उपरीक्षक धानुकले पनि फरार अभियुक्त पक्राउ गर्नका लागि खटाईएको विशेष टोलीले आधा दर्जन हाराहारीमा अभियुक्तहरुलाई पक्राउ गरेको बताए । ‘‘टोलीले सकृय रुपमा काम थालिसकेको छ ।’’ उनले भने–‘‘जिल्लाव्यापी रुपमा फरार अभियुक्त पक्राउ अभियान सुरु गरेका छौं ।’’ कर्तव्य ज्यान, बलात्कार, विष्फोटक पदार्थ, हातहतियार, ज्यान मार्ने उद्योग, डकैती लगायत फौजदारी अभियोग सम्बन्धि सम्पूर्ण अभियोग अन्तर्गत जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ता भएका र अदालत एवं जिल्ला प्रशासन कार्यालयमा पेश भएका फाईलका फरार अभियुक्तहरु नियन्त्रण अभियान सुरु गरिएको प्रहरी उपरीक्षक धानुकले बताए ।
फरारहरुको संपूर्ण सूची संकलन गरेर जिल्ला प्रहरी कार्यालयले मातहतका इकाईहरुमा समेत लिखित निर्देशन पठाउने तयारी गरेको छ । ‘‘विभिन्न मुद्धाका अभियुक्तहरुले विना कार्वाही उन्मुक्ति पाउँदा दण्डहिनता मौलाउँदै गएको महसुस गरेका छौं ।’’ प्रहरी उपरीक्षक धानुकले भने–‘‘जसले गर्दा अपराधिक क्रियाक्लापमा बढावा पुगेको छ, त्यसैले फरार रहेका सबै अभियुक्तहरुलाई नियन्त्रणमा लिएर कार्वाही अगाडी बढाउने गरी टोली परिचालन गरेका छौं ।’’
हाल सर्लाहीमा २०४३ सालयता फौजदारी अभियोग अन्तर्गत जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ता भएका तथा अदालतमा मिसिल पेश भएका अपराधीक घटनामा आरोपित ५ सयजना भन्दा बढी अभियुक्तहरु फरार रहेको अनुमान गरिएको छ । केही दिनभित्र फरार अभियुक्तहरुको एकिन संख्या निकालिने र पक्राउ अभियानलाई अझ प्रभावकारी बनाईने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला स्थित प्रहरी नेतृत्वले उचित निर्देशन नदिँदा मिसिलमा फरार देखिएका अभियुक्तहरु जिल्ला प्रहरी कार्यालयमै छाती फुलाएर हिडिरहेको एक सुरक्षाकर्मीले बताए । ‘‘एसपी साहेबले स्पष्ट रुपमा फरार सबै अभियुक्तलाई नियन्त्रणमा लिएर कार्वाही प्रकृया अगाडी बढाउने आदेश नदिँदा काम गर्नै गाह्रो भईरहेको छ ।’’ जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक सुरक्षाकर्मीले भने–‘‘मिसिलमा फरार अभियुक्त देखिएकाहरु कार्यालयमै आएर हामीलाई उल्टै थर्काउँछन् ।’’ फरार अभियुक्त नियन्त्रणका लागि हालै प्रहरी उपरीक्षक धानुक सहितका जिल्ला स्थित उच्च सुरक्षा अधिकृतहरुको सकृयताले निरन्तरता पाउनेतर्फ भने ती सुरक्षाकर्मीले आशंका व्यक्त गरे । ‘‘तत्काल देखिएका घटना र विभिन्न माथिल्लो निकायबाट आएको दवावका कारण एसपी साहेबको सकृयता बढेको हो ।’’ उनले भने–‘‘एवंरितले यसअघिका र अहिलेका प्रमुखले पनि आउने वितिकैदेखि काम सुरु गरेको भए धेरै सुधार भईसक्थ्यो ।’’
No comments:
Post a Comment