सवारी दुर्घटनामा दुई घाइते
सर्लाही समाचारदाता
सासापुर, माघ ०७ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सासापुरमा मंगलबार भएको सवारी दुर्घटनामा दुईजना घाईते भएका छन् ।
पश्चिमबाट पूर्वतर्फ गईरहेको ना.२ च ४३५० नम्बरको ब्रोइलर कुखुरा बोक्ने खाली जीपले ठक्कर दिँदा विपरित दिशाबाट आईरहेको मोटरसाईकलमा यात्रारत् दुईजना घाईते भएका हुन् । ना. १० प १६७६ नम्बरको मोटरसाईकलमा यात्रारत रौतहटको चन्द्रनिगाहपुर गाविस–७ का इन्द्रप्रसाद उपाध्याय र ६ का योगेन्द्रप्रसाद यादव घाईते भएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक शंकरसिंह रावलले बताए । घाईतेद्वयलाई हरिवनमा प्राथमिक उपचार पछि थप उपचारका लागि भरतपुरतर्फ पठाईएको प्रहरीले जनायो । उपाध्यायको टाउको र खुट्टामा चोट लागेको छ भने यादवको दाहिने खुट्टा भाँच्चिएको छ ।
दिउँसो साँढे ३ बजे सासापुर गाविस–१ स्थित पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटना पछि जीपका चालक फरार रहेको प्रहरीले जनाएको छ । जीप र त्यसका सहचालकलाई भने नियन्त्रणमा लिईएको रावलले जनाए ।
No comments:
Post a Comment