हरिवनका सईले अवकाश पाए
सर्लाही समाचारदाता
हरिवन, माघ ०९ । इलाका प्रहरी कार्यालय हरिवनमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) सन्तोष बुढाथोकीले अवकाश पाएका छन् ।
विहिबार अपरान्ह इलाका प्रहरी कार्यालय हरिवनमा सई बुढाथोकीलार्य एक समारोहबीच विदाई गरिएको छ । इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख प्रहरी निरीक्षक शंकरसिंह रावल, हरिवन गाविसका सचिव राजकुमार थापा, हरिवनका युवा व्यापारी मोहन श्रेष्ठ लगायतले नायव निरीक्षक बुढाथोकीलाई विदाई गरेका थिए । प्रहरी नियमावली अनुसार ३० वर्षे सेवा अवधीका कारण बुढाथोकीले अवकाश पाएका हुन् । महोत्तरीका वर्दिबास निवासी बुढाथोकी २०६५ सालदेखि इलाका प्रहरी कार्यालय हरिवनमा कार्यरत रहेका थिए ।
No comments:
Post a Comment