मुआब्जामा सिडिओ गुहार्दै जब्दीबासी
सर्लाही समाचारदाता
मलंगवा, माघ १३ । मेची महाकाली रेल सेवा सञ्चालन गर्नका लागि सर्भेको काम सुरु भएपछि जब्दी गाविसका बासिन्दाहरुले उचित मुआव्जा माग्दै सोमबार प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाएका छन् ।
जब्दी गाविस अन्तर्गत भाग्यमानी चौडी तथा आसपासका जग्गाहरु ऐलानी भएकाले राज्यले उचित मुआब्जा दिनुपर्ने माग राखेर स्थानीय बासिन्दाले सोमबार प्रजिअ दिनेश घिमिरेलाई ज्ञापन पत्र पेश गरेका हुन् । जिल्ला प्रशासन कार्यालयले मेची महाकाली रेल सेवाको काम सुरु गर्ने क्रममा लालबन्दी, जब्दी, रानीगंज लगायत गाविसमा अधिग्रहण गर्ने नम्बरी जग्गाहरुको मुआब्जाको सूचना प्रकाशित गरिसकेको छ ।
उक्त क्षेत्रमा वर्षौदेखि भोगचलन हुँदै आएका ऐलानी जग्गाहरु रहेकाले रेलसेवाको काम सुरु गर्दा त्यस्ता जग्गावालाहरुलाई भने मार पर्ने भएको बताईएको छ ।
नम्बरी जग्गाको राज्यले मुआब्जा दिने र ऐलानी जग्गाको हकमा भने मुआब्जाको कानूनी व्यवस्था नभएकाले स्थानीय बासिन्दाले उचित व्यवस्था मिलाउन आग्रह सहित ज्ञापन पत्र बुझाएका हुन् । प्रजिअ घिमिरेले मुआब्जाको लागि उचित व्यवस्था मिलाउन आग्रह गर्दै स्थानीय बासिन्दाहरुको प्रतिनिधि मण्डल आएको बताए ।
No comments:
Post a Comment