Saturday, January 25, 2014

पूजाका लागि सडकमा चन्दा आतंक

पूजाका लागि सडकमा चन्दा आतंक
सर्लाही समाचारदाता
हरिवन, माघ ११ । आउँदै गरेको सरस्वती पूजाका लागि भन्दै सर्लाहीका विभिन्न राजमार्गहरुमा चन्दा आतंक बढेको छ ।
पूर्व पश्चिम राजमार्गका साथै ग्रामीण सडकमा समेत सरस्वती पूजाको लागी भन्दै जथाभावी रकम असुल्ने क्रम केही दिनदेखि बढेको स्थानीय बासिन्दा तथा यातायात व्यवसायीहरुले गुनासो गरेका छन् । सडकमा गुडिरहेका सवारी साधनलाई जबरजस्ती रोकी तोकेर नै रकम असुल्ने क्रम बढेको हो । सरस्वती पूजा नजिकिए सँगै यस्तो कार्यले तिव्रता पाएको नवलपुर–मलंगवा सडकखण्डमा चल्ने एक यात्रुबसका चालकले बताए ।
विशेषगरी नवलपुर–मलंगवा सडकखण्डमा यस्तो चन्दा उठाउने काम ठाउँठाउँमा हुने गरेको यातायात व्यवसायीले गुनासो गरेका छन् । विभिन्न विद्यालयका विद्यार्थीहरुले यातायातका साधनलाई रोकी जबरजस्ती रकम माग्ने गरेका र नदिएमा यातायातका साधनमा नै ढुङ्गामुडा गर्ने गरेको चालकहरुको भनाई छ । सरस्वती पूजाको लागी सहयोग भन्दै विद्यार्थीहरुले ठाउँ ठाउँमा यातायातका साधनहरु रोकेर रकम मागेर आफुहरुलाई हैरान बनाएको चालकहरुको गुनासो छ । सडकमा विद्यालयका ब्यानर तथा ढाट तेस्राएर रकम लिने गरेको पाईएको छ ।
आÇना विद्यार्थीहरुले सडकमा गएर जथाभावी गएर रकम माग्दा समेत विद्यालयले भने कुनै वास्ता गरेका छैनन् । स्थानीय प्रहरीले पनि जबर्जस्ती रुपमा चन्दा उठाउने कार्यलाई रोक्नेतर्फ सकृयता देखाएका छैनन् ।

No comments:

Post a Comment