Saturday, January 25, 2014

यातायातले लालबन्दीमा सवारीको जाँचपास ग¥यो

यातायातले लालबन्दीमा सवारीको जाँचपास ग¥यो
सर्लाही समाचारदाता
लालबन्दी, माघ ११ । यातायात व्यवस्था कार्यालय जनकपुरले शनिबार लालबन्दीमा स्थानीय सवारी साधनहरुको जाँचपासको काम गरेको छ । स्थानीय यातायात व्यवसायीहरुलाई सुलभ होस् भन्ने अभिप्रायले लालबन्दीमा एकदिनका लागि जाँचपासको काम गरिएको यातायात व्यवस्था कार्यालय जनकपुरका प्रमुख रामकाजी खनालले बताए । ‘‘५० रुपैया राजश्व तिरेर जाँचपास गराउनका लागि व्यवसायीले हजारौं रुपैंया खर्च गर्नुपर्ने अवस्था छ ।’’ यातायात प्रमुख खनालले भने–‘‘प्रत्येक ६–६ महिनामा जाँचपास गराउन अञ्चल सदरमुकाम जनकपुर आउनुपर्ने सर्लाहीका यातायात व्यवसायीहरुको सुलभताका लागि हामी आफै आएर काम गरेका हौं ।’’
आफूहरुको आग्रह अनुसार यातायात कार्यालयबाट टोली आएर स्थानीय स्तरमा जाँचपासको काम गरेको जनकपुर यातायात जीप टेम्पो व्यवसायि संघका अध्यक्ष राजकुमार मैनालीले बताए । ‘‘५० रुपैंया राजश्व बुझाएर जाँचपास गराउनका लागि सवारी व्यवसायीहरुले जनकपुरसम्म सवारी साधन नै लिएर जानुपर्दा हजारौं रुपैया खर्च हुन्छ ।’’ मैनालीले भने–‘‘त्यसैले हामीले संस्थागत रुपमै यातायात व्यवस्था कार्यालयलाई आग्रह ग¥यौं र उहाँहरु लालबन्दी आउनुभएको हो ।’’
शनिबार जीप, टेम्पो र म्याजीक लगायत ३२ वटा साना सवारी साधनहरुको जाँचपास गरिएको यातायात व्यवस्था कार्यालय जनकपुरका प्रमुख खनालले बताए । ‘‘हाँमी यसरी नियमित आउँदैनौं र यसरी काम गर्ने व्यवस्था पनि छैन ।’’ खनालले शनिबार सर्लाही दैनिकसँग भने–‘‘व्यवसायी साथीहरुबाट अनुरोध आएपछि आज विदाको दिन पनि भएकाले लालबन्दी आएर जाँचपासको काम ग¥यौं ।’’ नियममा यसरी गर्नुपर्ने नभएपनि समय मिलेको खण्डमा अन्य बेलामा समेत स्थानीय स्तरमा नै कर्मचारी आएर जाँचपास गर्न सकिने प्रमुख खनालले बताए ।
जीप टेम्पो व्यवसायी संघका अध्यक्ष मैनालीले यातायात कार्यालयले घरगाउँमै सेवा दिएर सुलभता प्रदान गरेकोप्रति खुसी व्यक्त गरे । ‘‘एउटा सवारी साधनको जाँचपास गराउन जनकपुर लिएर जानुपर्दा त्यसको दिनभरको कमाई, तेलमा लाग्ने खर्च सहित गर्दा हजारौं रुपैया व्यवसायीलाई घाटा हुन्छ ।’’ उनले भने–‘‘कर्मचारीहरु नै यहाँ आएर सो कार्य गर्दा व्यवसायीको आर्थिकदेखि समयको समेत बचत भएको छ ।’’
प्राविधिक कर्मचारी सहितको टोलीले सवारी साधनको अवस्था हेरेर चलाउन मिल्ने भनेर लिखित प्रतिवेदन दिएपछि यातायात कार्यालयले सवारी साधनहरुको जाँचपास दिने गर्दछ । शनिबार यातायात प्रमुख खनालको नेतृत्वमा मेकानिकल इन्जिनियर सहित ३ जनाको टोली लालबन्दी आएको थियो । टोलीले बत्ति, इन्जिनको आवाज लगायत सवारी साधनहरुको अवस्थाबारेमा एक–एकगरी चेकजाच गरेको थियो ।

No comments:

Post a Comment