किसानलाई उखु काट्न समस्या
सर्लाही समाचारदाता
कविलासी, माघ १२ । कविलासी आसपासका किसानहरुलाई उखु काट्ने समयमा खेतभरी पानी पसेपछि उखु काट्न समस्या भएको छ ।
बाग्मती सिँचाई आयोजनाको नहरबाट निस्केको पानी खेतभरी पस्दा उखु काट्न समस्या भएको किसानहरुको गुनासो छ । धमाधम उखु काट्ने समयमा खेतभरी पानी जमेपछि आफुहरुमा निकै मर्कामा परेको कविलासीका किसान संजय महतोले बताए । खेतभरी पानी जमेकाले उखुको पात सुक्दै गएको किसानहरुको भनाई छ । खेतभरी पानी जमेकाले चलान लिई सकेको भएपनि आफुहरुले उखु काट्न नपाएको किसानहरुको गुनासो छ । किसानहरुले बाँग्मती सिँचाई आयोजनासँग तत्काल नहरमा पानी बन्द गरी उखु काट्ने वातावरण सिर्जना गर्न माग गरेका छन् । आयोजनाले भने अहिले धमाधम गहुँ बालीमा पानी पटाउनु परेकाले पानी बन्द गर्न नसक्ने जनाएको छ ।
No comments:
Post a Comment