Friday, January 24, 2014

मलंगवामा मन्टेश्वरीको कार्यक्रम

मलंगवामा मन्टेश्वरीको कार्यक्रम
सर्लाही समाचारदाता
मलंगवा, माघ १० । एम मन्टेश्वरी एजुकेशन स्कुल मलंगवाले शुक्रबार विद्यालय परिसरमा विविध कार्यक्रम गरेको छ ।
मलंगवा नगरपालिका–८ स्थित मन्टेश्वरीले निवृत्तिभरण पाएका शिक्षकहरुलाई सम्मान एवं विभिन्न प्रतियोगितामा विजयी भएका विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो । मन्टेश्वरीका प्रिन्सिपल नागेन्द्र मिश्रको सभापतित्व एवं शिक्षा मन्त्रालयका सहसचिव डा. कमलेश्वर सिन्हाको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन समारोह भएको थियो । कार्यक्रममा जिल्ला शिक्षा अधिकारी राजकुमार विश्वकर्मा विशिष्ट अतिथी रहेका थिए भने नागरिक समाजका शिवचन्द्र चौधरी, अधिवक्ता मुद्रिका सिंह लगायत अतिथि रहेका थिए ।
कार्यक्रमका अवसरमा आयोजना गरिएको खुला नृत्य प्रतियोगितामा इच्छा शर्मा प्रथम, अमन विश्वकर्मा द्वितिय र अग्रता चालिसे तृतिय भएका थिए । प्रथम विजयी शर्मालाई दुईहजार पाँचसय नगद सहित पुरस्कृत गरिएको मन्टेश्वरीका सञ्चालक मनोज सिंहले बताए । त्यस्तै मन्टेश्वरीले आयोजना गरेको चित्रकला प्रतियोगितामा भने सृजनाकुमारी साह प्रथम, नविन मण्डल द्वितिय र फिर्दोस आलम तृत्तिय भएका छन् ।
कार्यक्रमको उद्घाटन समारोहमा शिक्षक उमेशराज उपाध्याय, कुशम पाण्डे लगायतलाई सम्मानपत्र समेत वितरण गरिएको थियो । कार्यक्रममा अभिभावक उमेश राउत लगायतले मन्तव्य राखेका थिए । २०६८ सालमा स्थापीत मन्टेश्वरीले विद्यार्थीहरुलाई विशेष गरी मनोवैज्ञानिक ढंगले व्यवहारिक शिक्षा प्रदान गर्दै आएको छ ।

No comments:

Post a Comment