Friday, January 31, 2014

तमाङ समुदायले ल्होछार मनाए

तमाङ समुदायले ल्होछार मनाए
सर्लाही समाचारदाता
हरिवन, माघ १७ । तमाङ समुदायले आÇनो महान पर्व सोनाम ल्होछार शुक्रबार विविध कार्यक्रम गरेर मनाएका छन् ।
२८५०औं ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ लालबन्दी गाउँ कमिटीले विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । लाबलन्दी गाविस–५ स्थित खेलमैदानमा तामाङ समुदायका विभिन्न झाँकी प्रदर्शन एवं साँस्कृतिक कार्यक्रम गरिएको थियो ।
त्यस्तै भक्तिपुर गाविस–२ मा पनि ल्होछारको अवसरमा सामुहिक भोजन गरिएको
छ । बौद्ध छोईलिङ् गुम्वाको आयोजनामा भएको कार्यक्रममा सर्लाहीको क्षेत्र नम्वर १ बाट बिजयी सभासद सम्भुलाल श्रेष्ठ , एमाले जिल्ला अध्यक्ष मनोट देवकोटा लगायत सहभागी भएका थिए । त्यस्तै ढुंग्रेखोला, घुर्कौली, मुर्तिया, कर्मैया लगायत गाविसहरुमा पनि ल्होछारका अवसरमा शुक्रबार विहान देखि नै राती अवेरसम्म साँस्कृतिक कार्यक्रमहरु गरिएको छ ।
तामाङ समुदायले शुक्रबारबाट सर्प वर्षलाई बिदा गरेर घोडा वर्ष सुरु भएको अवसरमा सोनाम ल्होछार मनाएका हुन् । हरेक वर्ष माघ शुल्क प्रतिपदाका दिन ल्होछार मनाउने गरिन्छ । ल्होछारका दिन तामाङ समुदायले बौद्ध गुम्बा तथा स्तुपामा बौद्ध परम्पराअनुसार पुजापाठ गर्ने र घरघरमा बैद्ध परम्परा अनुसार दज्र्यु फेर्ने गर्दछन् । सो अवसरमा परम्परागत खाना खाप्से र फपरको रोटी लागयतका अन्य मिठा परिकारहरु खाने प्रचलन छ ।
यस अघि गुरुङ समुदायले पुस १५ गते ल्होछार मनाइसकेका छन् भने शेर्पा समुदायले फागुनमा ल्होछार मनाउने गर्छन् ।

No comments:

Post a Comment