सुरक्षा समितिको बैठक
सर्लाही समाचारदाता
मलंगवा, माघ ०७ । सर्लाही भन्सार प्रमुख टिकाराम भुषालमाथि कुटपीट भएको विषयमा मंगलबार जिल्ला सुरक्षा समितिको बैठक बसेको छ ।
जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा भन्सार प्रमुख भुषालले सुरक्षा माग गर्दै घटनाबारे लिखित पत्र दर्ता गराएका छन् । कुटपीट घटनापछि कार्यालयमा काम गर्ने वातावरण नभएको जनाउँदै प्रमुख भुषालले सुरक्षाको उचित व्यवस्था मिलाउन समेत पत्रमा अनुरोध गरेका छन् । पत्रमा उनले नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरु कार्यालय परिसरमै भएपनि आफूले कुटाई खानु परेकामा गुनासो समेत गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरेको अध्यक्षतामा बसेको बैठकले भन्सार कार्यालय सहित अन्य विभिन्न सरकारी कार्यालयहरुमा सुरक्षा व्यवस्था सुदृढ पार्ने र भुषालमाथि कुटपीट गर्नेहरुलाई यथाशिघ्र पक्राउ गरी कडा कार्वाही गर्ने निर्णय गरेको छ । ‘‘राष्ट्रसेवक कर्मचारीमाथि कार्यकक्षमै दुव्र्यवहार हुनु गलत हो ।’’ प्रजिअ घिमिरेले भने–‘‘कुटपिट गर्ने समुहको खोजी भईरहेको छ र दोषि जो सुकैलाई कानून बमोजिम कडा कार्वाही गर्ने बैठकले निर्णय गरेको छ ।’’ समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका जिल्ला स्थित प्रमुखहरु पदेन सदस्य रहनेछन् ।
No comments:
Post a Comment