हत्या आरोपीलाई म्याद थप
सर्लाही समाचारदाता
मलंगवा, माघ ०२ । स्थानीय वृद्धालाई गोली हानी हत्या गरेको आरोपमा पक्राउ परेका गम्हरियाका दुईजनालाई जिल्ला प्रहरी कार्यालयले दोस्रो पटक आइतबार पाँच दिन म्याद लिएर अनुसन्धान अगाडी बढाएको छ ।
गम्हरिया गाविस–५ का ३५ वर्षिय फेकन अन्सारी र ३८ वर्षिय इजरायल अन्सारीलाई जिल्ला अदालतबाट पाँच दिन म्याद लिएर कार्वाही प्रकृया अगाडी बढाईएको हो । गत कात्तिक २० गते विहान ५ बजे सौच गर्न जाँदा स्थानीय ५० वर्षिया नाजमुन खातुनलाई गोली हानी हत्या गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पृथ्वीनारायण ओलीले बताए ।
घटना लगतै उनीहरु फरार रहेका उनीहरुलाई गत विहिबार जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको थियो । पक्राउ परेका अभियुक्त फेकनकी बहिनी क्षयरोगका कारण मृत्यु हुँदा नाजमुनले बोक्सी लगाई मारेको भनि उनीमाथि ६ महिनाअघि कुटपीट भएको थियो । नजमुनलाई बोक्सीको आरोपमा हत्या भएको हुन सक्ने स्थानीयको भनाई अनुसार प्रहरीले घटनाको अनुसन्धान गरिरहेको थियो । मोबाईल कलरेकर्ड लगायत अनुसन्धानबाट नजमुन हत्यामा पक्राउ परेका दुवैजनाको संलग्नता रहेको प्रहरी ठम्याई छ । मृतक र आरोपी दुवैजना आफन्त समेत रहेको प्रहरीले जनायो । उनीहरुलाई कर्तव्य ज्यान मुद्धा अन्तर्गत मुद्धा प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment