कहाँ–कहाँ हुदैछन् जिविसको योजना गोष्ठी ?
टंकबहादुर क्षेत्री÷सर्लाही दैनिक
मलंगवा, माघ १३ । आगामी आर्थिक वर्ष ०७१÷०७२ मा जिल्लामा हुने विकास निर्माण कार्यका लागि योजना छनौट गर्न मंगलबार १७ वटै इलाकामा योजना तर्जूमा गोष्ठी हुँदैछ । जिविसले पहिलोपटक एकसाथ १७ वटै इलाकामा योजना तर्जूमा गोष्ठी आयोजना गरेको स्थानीय विकास अधिकारी उमेश बस्नेतले बताए । यसपटकको इलाका गोष्ठीमा जिल्ला स्तरीय राजनैतिक संयन्त्रबाट समेत एक–एकजना प्रतिनिधि पठाउने तयारी गरिएको बस्नेतले जानकारी दिए । योजना पार्नका लागि जिविस धाउनुभन्दा पनि आÇनो गाउँ क्षेत्रमा हुन गईरहेको इलाका स्तरीय योजना तर्जूमा गोष्ठीबाट योजना छनौट गराउनका लागि सकृय सहभागिता गर्न सम्बन्धित सबै सरोकारवालाहरुलाई स्थानीय विकास अधिकारी बस्नेतले आग्रह गरेका छन् ।
जिल्ला विकास समितिको कार्यालयका अनुसार इलाका नं. १ अन्तर्गत पर्ने कालीञ्जोर, लालबन्दी, नारायणखोला, परवानीपुर, पत्थरकोट, रानीगंजको गोष्ठी पत्थरकोटमा हुनेछ । इलाका नं. २ मा पर्ने भक्तिपुर, धनकौल पू., गौरीशंकर, ईश्वरपुर र जब्दी गाविसको भक्तिपुरमा हुँदैछ । त्यस्तै इलाका नं. ३ मा पर्ने बसन्तपुर, हरिपूर्वा, जिंगड्वा, नारायणपुर, पर्सा र संग्रामपुरको जिंगड्वामा हुनेछ ।
त्यसैगरी इलाका नं. ४ को योजना तर्जूमा गोष्ठी नेत्रगंजमा हुनेछ । जुन इलाकामा अत्रौली, घुर्कौली, हरिवन, नेत्रगंज र सासापुर रहेका छन् । त्यस्तै इलाका नं. ५ को लक्ष्मिपुर को. मा गोष्ठी हुनेछ । जुन इलाकामा बबरगंज, बेला, चन्द्रनगर, हरिपुर र लक्ष्मिपुर को. गाविस पर्दछन् ।
इलाका नं. ६ को गोष्ठी भने मोहनपुरमा हुनेछ । जुन इलाकामा भेल्ही, ब्रम्हपुरी, किशनपुर, मोहनपुर, नौकेल्वा र त्रिभुवननगर गाविस पर्दछन् । त्यस्तै इलाका नं. ७ को गोष्ठी पिपरियामा हुनेछ । जहाँ हेमपुर, जमुनिया, जानकीनगर, खोरिया, मोतीपुर, पिडारी र पिपरिया रहेका छन् ।
इलाका नं. ८ को योजना तर्जूमा गोष्ठी फरहद्वामा हुनेछ । जुन इलाकामा औरही, फरहद्वा, गम्हरिया, कविलासी, मलंगवा नगरपालिका र सलेमपुर रहेका छन् । त्यस्तै ९ नं. इलाकाको गोष्ठी भाँडसरमा हुने जिविसले जनाएको छ । जुन इलाकामा भाँडसर, खुटौना, कौडेना, बारा उद्योरण, सक्रौल, मुसैली र सिमरा गाविस रहेका छन् ।
इलाका नं. १० को गोष्ठी भने मूर्तियामा हुनेछ । जुन इलाकामा बरहथवा, ढुंग्रेखोला, लौकठ, मूर्तिया, शंकरपुर र श्रीपुर गाविस पर्दछन् । त्यस्तै ११ नं. इलाकाको योजना तर्जूमा गोष्ठी सुन्दरपुरमा हुनेछ । उक्त इलाकामा बेल्ही, धनगढा, पडरिया, सहोड्वा, सिसौटिया र सुन्दरपुर गाविस रहेका छन् ।
इलाका नं. १२ को गोष्ठी फुलपरासीमा हुनेछ । जुन इलाकामा बहादुरपुर, बत्रौल, वेल्वाजब्दी, फूलपरासी, गोडैता, लक्ष्मिपुर सु. र मधुवनगोठ गाविस रहेका छन् । त्यस्तै इलाका नं. १३ को गोष्ठी डुमरियामा हुने जिविसका कार्यक्रम अधिकृत पुष्करमणी घिमिरेले बताए । जुन इलाकामा अर्नाहा, भगवतीपुर, डुमरिया, मधुवनी, रामवन, बगदह र रोहुवा गाविस रहेका छन् ।
१४ नं. इलाकाको गोष्ठी भने सुन्दरपुर चोहर्वामा हुनेछ । उक्त इलाकामा कर्मैया, मानपुर, राजघाट, हजरिया र सुन्दरपुर चोहर्वा रहेका छन् । इलाका नं. १५ को गोष्ठी धनकौल पश्चिममा हुनेछ । जुन इलाकामा भवानीपुर, धनकौल प., हरकठवा, महिनाथपुर र सेखौना गाविस पर्दछन् ।
त्यस्तै इलाका नं. १६ को गोष्ठी खैर्वामा हुनेछ । उक्त इलाकामा छटौल, गडहिया, खैर्वा, रामनगर बहुअर्वा र सिसौट रहेका छन् । इलाका नं. १७ को योजना तर्जूमा गोष्ठी भने छतौनामा हुनेछ । सो इलाकामा अचलगढ, बलरा, छतौना, हथियौल, सुदामा र मिर्जापुर गाविस पर्दछन् ।
आगामी आर्थिक वर्षमा स्थानीय योजनाहरुका लागि बजेट पार्न इलाका स्तरीय योजना तर्जूमा गोष्ठीबाटै छनौटमा परेर आउनुपर्ने स्थानीय विकास अधिकारी बस्नेतको कथन छ । ‘‘यो पटकटदेखि कसैको गोजीबाट वा जिविसमा सिधै निवेदन दिएको भरमा योजना पर्दैन ।’’ स्थानीय विकास अधिकारी बस्नेतले भने–‘‘प्रकृया विपरितका कुनैपनि योजना सञ्चालन गर्दैनौं ।’’
जिविसले यसअघि नै माघ दोस्रो साताभित्र इलाका स्तरीय योजना तर्जूमा गोष्ठी गर्ने तालिका सार्वजनिक गरिसकेको थियो । इलाका गोष्ठीमा जिविसका कर्मचारी, गाविस सचिव, स्थानीय राजनैतिक दलका प्रतिनिधि, लक्षित वर्गका प्रतिनिधि, विषयगत कार्यालय एवं गैरसरकारी संस्थाका प्रतिनिधि लगायतको उपस्थिती रहने गर्दछ ।
No comments:
Post a Comment