Monday, January 20, 2014

कार्यालय प्रमुखको बैठक

कार्यालय प्रमुखको बैठक
सर्लाही समाचारदाता
मलंगवा, माघ ०५ । जिल्ला स्थित सरकारी तथा अर्ध सरकारी कार्यालय प्रमुखहरुको बैठक आईतबार सदरमुकाम मलंगवामा सम्पन्न भएको छ ।
प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरेको अध्यक्षतामा जिविस सभाहलमा भएको बैठकमा जिल्ला स्थित कार्यालय प्रमुखहरुले आ–आÇना समस्याका बारेमा अवगत गराएका थिए । प्रजिअ घिमिरेले कार्यालय प्रमुखहरुबाट आएका समस्याका बारेमा प्रश्ट्याएका थिए । विशेषगरी बैठकमा अन्य निकायबाट आएका पत्र दर्ता गर्ने र पठाईने पत्र चलानी गर्ने कामका लागि सप्mट्वेयर मार्फत कम्प्यूटराईज सिस्टम बसाल्ने सम्बन्धमा कार्यालय प्रमुखहरुलाई आग्रह सहितको जानकारी गराईएको थियो । त्यसका लागि एक प्राईभेट कम्पनीबाट प्रतिनिधि नै उपस्थित भई जानकारी गराएको एक कार्यालय प्रमुखले बताए ।

No comments:

Post a Comment