डिआईजीले निरीक्षण गर्ने
सर्लाही समाचारदाता
मलंगवा, माघ ०५ । नेपाल प्रहरीका मध्यमाञ्चल क्षेत्रीय प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) प्रकाश अर्यालले सोमबार जिल्ला प्रहरी कार्यालयमा निरीक्षण एवं आवश्यक निर्देशन दिदैछन् ।
भर्खरै मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाका प्रमुख भएका अर्याल सर्लाही प्रहरीको निरीक्षणमा पहिलो पटक आउन लागेका हुन् । उनी मध्यान्हतिर जिल्ला प्रहरी कार्यालयमा आईपुग्ने एक प्रहरी अधिकृतले बताए । ईलाका प्रहरी कार्यालय बरहथवा, इलाका प्रहरी कार्यालय हरकठवा, इलाका प्रहरी कार्यालय गडहिया लगायतको निरीक्षण गर्दै डिआईजी अर्याल सदरमुकाम मलंगवा आईपुग्ने बताईएको छ ।
डिआईजी अर्यालले जिल्ला प्रहरी कार्यालयमा उपस्थित प्रहरी उपरीक्षक रविन्द्रबहादुर धानुक सहित प्रहरी अधिकृतहरुलाई वर्तमान अवस्थामा नेपाल प्रहरीले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा आवश्यक निर्देशन समेत दिने बताईएको छ । डिआईजी अर्यालको स्वागतका लागि जिल्ला प्रहरी कार्यालयमा आईतबार देखि नै विशेष तयारी सुरु गरिएको एक प्रहरी अधिकृतले बताए ।
No comments:
Post a Comment