Thursday, January 23, 2014

कर्मैयामा बेसौमी तरकारी तालिम

कर्मैयामा बेसौमी तरकारी तालिम
सर्लाही समाचारदाता
कर्मैया, माघ ०९ ।
कर्मैया गाविसका महिलाहरुलाई बेसौम तरकारी गर्ने तरिकाको बारेमा प्रशिक्षण दिइएको छ ।
विषादी प्रयोगबिनै तरकारी उत्पादन गरी आत्मनिर्भर बनाउने उद्धेश्यका साथ गाविसका ९ वटै वडाका महिलाहरुलाई तालिम दिईएको हो । खाद्यन्न तथा तरकारी बाली व्यवस्थापन सम्वन्धी पाँच दिने तालिम मार्फत तरकारी खेती गर्न सिकाईएको गाविस कार्यालयले जनाएको छ ।
गाविस कार्यालयबाट महिलाहरुको क्षेत्रमा विनियोजित रकमबाट महिला कृषक समुहले तालिमको आयोजना गरेको थियो । तालिममा गाविस भित्रका सम्पुर्ण वडाका २७ जना महिलाहरुको सहभागिता रहेको थियो । तालिममा सहाभागीहरुलाई सिताराम चालिसेले तरकारी खेतीको बारेमा प्रशिक्षण दिएका थिए ।
महिला समुहका भगवती रानाभाटको सभापत्तित्व तथा गाविस सचिव कमलप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नेपाली काँगे्रसका दिपक रानाभाट, रमेशराज काफ्ले, एमाओेवादी का भरत थापा र बिनिता दाहाल, एमालेबाट काजिराम कुशवारको उपस्थितीमा स्म्पन्न तालिममा सहभागी महिलाहरु गंगा सापकोटा, ज्योति प्रधान, मुना लायो लगायतले सिकेको कुरा तत्काल व्यवहारमा लागु गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

No comments:

Post a Comment