Wednesday, January 22, 2014

तेश्रो दिनपनि भन्सार कार्यालय ठप्प

तेश्रो दिनपनि भन्सार कार्यालय ठप्प
सर्लाही समाचारदाता
मलंगवा, माघ ८ । कार्यालय प्रमुख टिकाराम भुषालमाथि कुटपीट भएको विरोधमा कर्मचारीहरुले काम नगरेपछि सदरमुकाम मलंगवा स्थित सर्लाही भन्सार कार्यालय बुधबार तेश्रो दिनपनि ठप्प रह्यो ।
कार्यकक्षमा बसिरहेको अवस्थामा सोमबार दिउँसो १ बजे १८÷२० जनाको समूहले भन्सार प्रमुख भुषालमाथि हातपात सहित दुव्र्यवहार गरेको भन्दै कर्मचारीहरु विरोधमा उत्रिएका हुन् ।   आईतबार राति जिल्ला भन्सार कार्यालयको गस्ति टोलीले त्रिभुवन नगर स्थीत छोटी भन्सार ईलाकाबाट लुकाई छिपाई नेपाल भित्र्याईदै गरेको ४ पोका कपडा पक्राउ गरेको थियो । उक्त पोकाहरु छाड्नका लागि दवाव दिन आएको समुहले भुषालमाथि दुव्र्यबहार गर्नुको साथै कुटपिट समेत गरेको बताईएको छ । कुटपीटमा अवैध ढंगले भारतबाट सामानहरु भित्र्याउने ‘तस्कर’ हरुकै समूह रहेको भन्सारका कर्मचारीहरु बताउँछन् ।
कुटपीटमा संलग्न दोषिहरुमाथि कडा कार्वाही नभएसम्म कार्यालयमा काम नगर्ने भन्दै भन्सारमा कार्यरत सम्पूर्ण कर्मचारीहरुले विरोध जनाएका हुन् । भन्सारका कर्मचारीहरुको आन्दोलनका कारण भन्सारको कामकार्वाही ठप्प भएको छ । भारतबाट नेपालतर्फ भित्रिने सामान बोकेका सवारी साधहरुको सिमा क्षेत्रमा लाम लागेको छ । कार्यालय प्रमुखमाथि हातपात गर्ने दोषिमाथि कार्वाह नभएसम्म अनिश्चितकालका लागि काम बन्द गरिएको व्यहोरायुक्त त्यहाँ कार्यरत सबै कर्मचारीहरुको हस्ताक्षर सहितको सूचना भन्सारको मूलगेटमा टाँस गरिएको छ ।
दैनिक कामकार्वाही बन्द हुँदा भन्सारबाट हुने लाखौं राजश्व संकलन कार्य समेत प्रभावित भएको छ । भारतबाट पैठारी गरिने र भारततर्फ निकासी गरिने सामानहरुमा लगाईने विभिन्न खाले महसुलवापत मलंगवा भन्सारबाट दैनिक ३ लाख हाराहारीमा राजश्व संकलन हुने गर्दछ । तीनदिनदेखि भन्सार ठप्प हुँदा कम्तिमा ९ लाख राजश्व संकलन अवरुद्ध बनेको छ ।

No comments:

Post a Comment