Friday, January 31, 2014

विद्यार्थीले शिक्षकलाई सम्मान गरे

विद्यार्थीले शिक्षकलाई सम्मान गरे
सर्लाही समाचारदाता
हरिवन, माघ १७ । महादेव जनता उमावि हरिवनका विद्यार्थीहरुले शिक्षकलाई सम्मान गरेका छन् ।
सो विद्यालयबाट २०५७ सालमा एसएलसी दिएर बाहिरिएका विद्यार्थीहरुको समूहले आÇना गुरुहरुलाई सम्मान गरेका हुन् । शुक्रबार रौतहटको नुनथरमा आयोजना गरिएको ‘पिक्निक’ कार्यक्रममा विद्यार्थीहरुले शिक्षकलाई सम्मान गरेका थिए ।
आफूहरुलाई जिम्मेवारी अनुसार शिक्षाको ज्योति फैलाउने गुरुवरहरुलाई सम्मान गरिएको विक्रम महतले बताए । महतका अनुसार विभिन्न क्षेत्रमा छरिएर रहेपनि उक्त व्याचका ३५ जना विद्यार्थीहरु जम्मा भएका थिए । विद्यार्थीहरुले शिक्षकहरुलाई खादा पहिरिएर तथा मिष्ठान भोजन गराएर सम्मान अर्पण गरे ।
विद्यालयबाट बाहिरिएको १३ वर्षपछि पनि विद्यार्थीहरुले सामुहिक कार्यक्रम नै राखेर गरिएको सम्मानप्रति शिक्षकहरुले खुशी व्यक्त गरेको महतले बताए । त्यतिखेर अध्यापन गराउने र हाल अवकाश पाईसकेका शिक्षकहरुलाई समेत विद्यार्थीले कार्यक्रममा बोलाएर सम्मान गरेका थिए ।

No comments:

Post a Comment