विद्युतको ‘जम्बो’ विलले बढायो आक्रोश
टंकबहादुर क्षेत्री÷सर्लाही दैनिक
मलंगवा, माघ ०७ । नेपाल विद्युत प्राधिकरण मलंगवा वितरण केन्द्रबाट केही दिनअघि मलंगवा नगरपालिका–८ निवासी रमेशप्रसाद श्रीवास्तवको नाममा पुस महिनाको ८० रुपैया महसुल तथा पूरानो बाँकी वक्यौता ५ हजार २ सय ३२ रुपैंया ८२ पैसाको विल घरमा आयो । लगतै रमेशका छोरा अमितले प्राधिकरणमा गएर आÇनो पूरानो बाँकी नै नरहेको भन्दै गत सोमबार आपत्ती जनाए र विद्युतका कर्मचारीले कम्प्यूटरमा चेक गरेर फलानो–फलानो महिनाको बाँकी भनेर ५ सय ४६ रुपैंयामात्र बाँकी रहेको देखाए । अमितले कुनैपनि महिनाको बाँकी नरहेको भन्दा कर्मचारीले ‘अहिलेलाई तिरेहुन्छ, पछि प्रमाण ल्याए मिलाउँला’ भनेपछि अमितले त्यो रकम तिरे । घरमा गएर हेर्दा कर्मचारीले बाँकी भनेको महिनामा तिरेका विलहरु फेला परेपछि अमित मंगलबार त्यो विल लिएर तिरेको रकम फिर्ता गर्न विद्युत प्राधिकरणको कार्यालयमा दिनभर भौंतारिई रहेका थिए । ‘‘हिजो झगडा गर्दा गर्दा केही नलागेर तिरेँ घरमा गएर हेर्दा विल फेला परेपछि आज बढी तिरेको रकम फिर्ता लिन आएको, तर कतै सुनवाई भईरहेको छैन, जिम्मेवार कर्मचारी पनि छैनन् ।’’ अमितले मंगलबार सर्लाही दैनिकसँग भने–‘‘यो त सरासर प्राधिकरणले उपभोक्तामाथि ‘लुट’ मच्चाउन खोजेको जस्तो देखियो ।’’ हाल केही दिनदेखि सदरमुकाम मलंगवाका उपभोक्ताहरु विद्युत प्राधिकरणबाट पूरानो वक्यौताको नाममा आउने ‘जम्बो’ बील प्रकरणले आतंकीत बनेका छन् । सोमबार दिनभर र मंगलबार पनि विहानभर प्राधिकरणको मलंगवा शाखा यसै विषयका कारण तनावग्रस्त बन्यो । काउण्टर बाहेक कार्यालयका अधिकांश कोठाहरु बन्द थिए र कर्मचारीहरु सार्वजनिक रुपमा देखिन चाहेका थिएनन् ।
केही दिनदेखि सदरमुकाम मलंगवाबासीको घर–घरमा आएको विद्युतको कम्प्यूटर विलका कारण प्राधिकरणको कार्यालयमा तोडफोड समेत भईसकेको छ । मंगलबार पनि केहीबेर तनावको स्थिती पैदा भएको थियो ।
त्यस्तै मलंगवा–८ निवासी बन्दना कुमारीको नाममा पूरानो वक्यौता भन्दै २ हजार १३ रुपैंया ८८ पैसाको कम्प्यूटर विल घरमा आईपुग्यो । बन्दनाका श्रीमान् जगन्नाथ सिंह (बालक) का अनुसार सोमबार प्राधिकरणमा गएर कर्मचारीसँग विवाद गरेपछि कम्प्यूटरमा पूनः चेक गर्दा १ हजार ४ सय ८८ रुपैया बाँकी रहेको देखियो र आÇनो एकपैसा पनि बाँकी नरहेको भन्दै लिखित पत्रसहित निरन्तर विवाद गरेपछि कम्प्यूटरबाटै पूनः ४ सय १ रुपैया २० पैसा बाँकी रहेको कर्मचारीले लेखिदिए ।
त्यस्तै मलंगवाका प्रमोद कुमार कलवारको घरमा गएको बीलमा पुस महिनाको ८० रुपैयाँ उठेको तथा कलवारलाई प्राधिकरणले ७१ रुपैंया ६३ पैसा तिर्नुपर्ने बील गएको छ । ‘‘पुस महिनाको विल तिर्न आएको त कर्मचारीले उल्टै हामीले तिर्नुपर्ने देखिएको छ, तपाईले तिर्नुपर्दैन भनेर पो फर्काईदिए ।’’ प्रमोदका छोरा विजयले सर्लाही दैनिकसँग मंगलबार भने–‘‘कस्तो अचम्म लागिरहेको छ ।’’
त्यसैगरी मलंगवा नगरपालिका–८ स्थित प्रमोद राईस मिलको नाममा १ लाख बाँकी वक्यौता रहेको कम्प्युटर विल गयो । त्यसपछि सोमबार मिलका सञ्चालकले आएर ‘आÇनो बाँकी नै नरहेको’ भन्दै प्राधिकरणमा विवाद गरेपछि कम्प्यूटरबाट पूनः चेक गर्दा १ सय ७५ रुपैयामात्र तिर्नुपर्ने देखिएको उपभोक्ता जगन्नाथ सिंहले बताए । ‘‘प्राधिकरणले कम्प्यूटर सिस्टममा विल तयारपारेपछि मलंगवामा आतंक फैलिएको छ ।’’ उनले भने–‘‘एकपैसा पनि बाँकी नहुनेहरुलाई हजारौं वक्यौता रहेको बील घरमा पठाईएको छ, कर्मचारीसँग विवाद गर्न सक्नेले कम्प्यूटरमा पूनः चेक गराएर घटाईरहेका छन्, बोल्न नसक्ने उपभोक्ताहरु तिर्न बाध्य छन् ।’’
एकपैसा पनि बाँकी नराख्ने गरेपनि हजारौं वक्यौता सहितको बील घरमा पुगेपछि सोमबार प्राधिकरण आएका उपभोक्ताहरुले विरोध प्रदर्शन सहित कार्यालयको काउण्टर स्थित झ्यालका सीसा तोडफोड समेत गरे । प्रहरीले घटना नियन्त्रणमा लिएकाले ठूलो क्षति भएन ।
मंगलबार पनि विहान कार्यालय समय सुरु हुनेवितिकै उल्लेख्य महिलाहरुको समेत उपस्थितीमा उपभोक्ताहरुको होहल्ला र विरोधका कारण विद्युत प्राधिकरण कार्यालय परिसर केहीबेर तनावग्रस्त बन्यो । उपभोक्ताहरुले काउण्टरको बन्द ढोका फुटाउने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेर भिड हटाएको थियो । उपभोक्ताहरुको विरोध बढ्दै गएपछि कर्मचारीहरु सबै कोठा बन्द गरेर सबस्टेशन स्थलतिर बसेका थिए ।
वर्षौंसम्म केही नबोल्ने प्राधिकरणले एक्कासी हुँदै नभएको बाँकी वक्यौता देखाएर विल पठाउनु गलत भएको सिंहले बताए । वर्षौं अघिको तिरेको विल प्रमाण ले भन्दा कसैले पनि ल्याउन नसक्ने समेत सिंहको कथन छ । कार्डमा समेत महसुल तिरेको महिनामा कर्मचारीले हस्ताक्षर सहितको प्रमाण रहेका कारण अधिकांश उपभोक्ताहरुले केही महिनापछि पूरानो महिनाका विल तिरेको रसिद फालिदिने गरेको समेत सिंहले बताए ।
राष्ट्रिय लोडसेडिङ बाहेक पनि घण्टौं विजुली नआउने तर प्राधिकरणको विल भने हुँदै नभएको बाँकी वक्यौता देखाएर आउनुले उपभोक्तामा आक्रोश बढाएको छ । ‘‘एक त विजुलीको अनुहार नै देख्न पाईदैन ।’’ सिंहले भने–‘‘सुत्न लाग्दा पनि हुँदैन र विहान उठ्दा पनि हुँदैन, तर हुँदै नभएको बाँकी वक्यौता देखाएर विलचाँही आउँछ ।’’
प्राधिकरण प्रमुख दिपेन्द्रराज द्विवेदीले भने कम्प्युटर सिस्टममा जाँदा केही समस्या देखिएको भएपनि महसुल तिरेको प्रमाण देखाए सहज हुने बताए । ‘‘ढड्डाबाट कम्प्युटर सिस्टममा विलिङ सिस्टम सुरु गर्न लागेका हौं ।’’ उनले भने–‘‘सुरुसुरुमा एकादुई जनामा केही समस्या देखिन सक्छ, यदि त्यस्तो भएमा प्रमाण सहित आउनका लागि उपभोक्ताहरु समक्ष आग्रह गर्दछु ।’’ कार्यालयकै काम विशेषले हाल काठमाण्डौमा रहेका द्विवेदीले बुधबार सम्ममा मलंगवा आईपुग्ने र समस्या समाधानमा लाग्ने बताए ।
No comments:
Post a Comment