Sunday, January 26, 2014

नवजात शिशुको शव फेला

नवजात शिशुको शव फेला
सर्लाही समाचारदाता
मलंगवा, माघ १२ । मुसैली–३ स्थित पोखरीको किनारामा आइतबार एक नवजात शिशुको शव भेटिएको छ ।
पोखरीको नजिकै ठुला–ठुला परालको कुनिउँ रहेका कारण सोही ठाउँमा शिशु जन्माएर शनिबार राती नै फालेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । विहान साँढे ११ बजे फेला परेको छोरीजातिको शवलाई जिल्ला अस्पताल मलंगवामा पोष्टमार्टमका लागी ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीले बताए ।
सदरमुकाम मलंगवासँगै जोडिएको सो गाविस स्थित पोखरी किनारमा आइतबार शिशुको शव देखा परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीय क्षेत्रका मानिसहरुले शिशु फालेको नभई अन्य ठाउँका मानिहरुले फालेको स्थानीय बासिन्दाको कथन छ । शिशु फाल्ने अज्ञात व्यक्तिलाई कर्तव्य ज्यान मुद्धा दायर गरी खोजी कार्य अगाडी बढाउने प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment