दुर्घटनामा दुई महिलाको मृत्यु
जनार्दन पोखरेल÷सर्लाही दैनिक
महोत्तरी, माघ ८ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको माइस्थान गाविस–८ गौशाला चोकमा मंगलबार साँझ भएको सडक दुर्घटनामा सर्लाहीका दुईजनाको दुई जनाको ज्यान गएको छ ।
घटनामा अन्य ३ जना घाइते भएका छन् । बुधबार साँझ साढे सात बजे तीन वटा सवारी साधन एक आपसमा ठोक्किदा नेत्रगंज गाविस–४ घर भएकी ३३ बर्षिया मुना कँडेल र सोही ठाउँकी ४५ बर्षिया सबिता थापाको घटना स्थलमै ज्यान गएको हो । घटनामा नेत्रगंज गाविस–४ की ३० बर्षिया जानुका काफ्ले र सोहि ठाउँकी ३४ बर्षिया सुशिला देबी एवं महोत्तरी बर्दिवासका देबराज काफ्ले घाइते भएका छन् । घाइतेहरुको महोत्तरीको बर्दिवास स्थित होप अस्पतालमा उपचार भैरहेको छ ।
पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको ना. ४ ख ७९६६ नम्बरको सिमेन्ट बोकेको ट्रक र महोत्तरीको गौशाला बजारबाट बर्दिवास तर्फ आउँदै गरेको ना. १ क ३२८१ नम्बरको दूध बोक्ने ट्याङ्कर गौशालाचोकको मोडमा एक आपसमा ठोक्किंदा दुर्घटना भएको हो ।
दुर्घटनामा दूध बोक्ने गाडीमा सवार दुई महिलाको घटना स्थलमै ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । दुईवटा गाडी ठोक्किएको ठाउँमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ज. २ प ५२०३ नम्बरको मोटरसाईकल पनि आएर ठोक्किंदा त्यसमा सबार बर्दिवासका देबराज काफ्ले घाइते भएका हुन् । घटनाबारे विस्तृतमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment