Wednesday, January 22, 2014

व्यावसायिक खेती गर्न नपाएको गुनासो

व्यावसायिक खेती गर्न नपाएको गुनासो
सर्लाही समाचारदाता
हरिवन, माघ ८ । सर्लाही स्थित विभिन्न गाविसका किसानहरुले सिँचाईंको अभावमा व्यावसायिक रुपमा तरकारी खेती गर्न नपाएको गुनासो गरेका छन् ।
सिंचाईंको अभावमा मनग्य खेतबारी भएपनि तरकारी खेती गर्न नसकेको किसानहरुको गुनासो छ । जिल्लाको उत्तरी चुरेक्षेत्र र दक्षिणी क्षेत्रका गाविसहरुमा सिंचाई सुविधा पुग्न सकेको छैन् । व्यावसायिक रुपमा तरकारी खेती गर्ने सोच भएपनि सिंंचाईको अभावमा खेती गर्न नपाएको कालिन्जोरका किसान शिवहरी बयलकोटीले बताए । तरकारी खेती गर्न नसक्दा मासिक हजारौँ रुपैँया खर्च हुने गरेको बयलकोटीको गुनासो छ ।
सिमित सिंचाई सुविधा पुगेको गाविसहरुमा मात्र व्यावसायिक रुपमा खेती गरिँदै आएको छ । सिंचाई सुविधा नपुगेका केहि गाविसका किसानहरुले पानी तान्ने पम्पमार्फत पानी लगाएर भएपनि तरकारी खेती गर्दै आएका छन् ।

No comments:

Post a Comment