Friday, January 24, 2014

रेल चलाउन क्षतिपूर्ती दिनुपर्ने माग

रेल चलाउन क्षतिपूर्ती दिनुपर्ने माग
सर्लाही समाचारदाता
लालबन्दी, माघ १० ।  राज्य तथा सरकारले जग्गाको मुआब्जा तथा क्षतीपूर्ति एकल निर्णयले मात्र नभई सम्वन्धित सरोकारवाला तथा चलन चल्ती मुल्य अनुसार दिनुपर्ने बताइएको छ ।
शुक्रवार लालबन्दीमा भएको जग्गा प्राप्ती तथा क्षतीपूर्ति मुआब्जा प्रचलित कानुनी संसोधन २०३४ तथा एकिकरण संसोधन २०७० सम्वन्धी अन्र्तक्रिया कार्यक्रमका वत्ताहरुले सो धारणा व्यक्त गरेका  हुन् ।
राज्यले क्षतिपूर्ति तथा मुआब्जा दिने काममा ढिलाई गर्न नहुने र सम्वन्धित निकाय तथा सरोकारवाला सहितको दवाव समिति गठन गरी सरकारलाई दवाव दिनुपर्ने समेत धारणा समेत राखेका थिए ।
ओमन एक्ट तथा सामुदायिक सारथीको सहयोग तथा चेतनाको लहर आमा समुह लालबन्दी–८ को आयोजनामा भएको कार्यक्रममा जिल्लामा बन्न लागेको मेट्रो रेलवे लाईनको क्षेत्रमा पर्ने जग्गाको मुआब्जा भन्दा पनि क्षतिपूर्ति लिनु पर्नेमा जोड दिएका थिए । मेट्रो रेल्बे लाईन विस्तार विभागले जब्दीमा रेल्वे स्टेशन समेत बनाउने बताएपछि करिव ४२ विगाहमा क्षेत्रफलमा रहेकोे चौडीमा बस्ती रहेको भएपनि नापी विभागले बुट्यान, झाडी लगायत नाम राखी एैलानी जमिन भन्दै त्यस क्षेत्रमा रेल्वे स्टेशन राख्न लागेको जानकारहरुको भनाई रहेको छ ।
रेल्वे स्टेशन राख्दा सयौँ घर परिवार जग्गा विहिन हुने हुँदा उनीहरुलाई उचित चलन चल्ती मुल्य अनुसार क्षतिपूर्ति दिएर मात्र हटाउनु पर्ने भनाई रहेको      छ ।
कार्यक्रममा उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष बावुकाजी प्राधान, समाजसेवी गोविन्द महत, बासु अधिकारी, भुमी अधिकार मञ्चका मदन विक, जिल्ला मालपोत कार्यालयका अधिकृत राम जिनिस राउत, जिल्ला वन कार्यालयका केदारनाथ दाहाल, गाविस सचिव सम्भु ठाकुर लगायतले धारणा राखेका थिए ।

No comments:

Post a Comment