सिएफएल चिम वितरण
सर्लाही समाचारदाता
लालबन्दी, माघ ८ । विद्युत खपत कम गर्न नेपाल विद्युत प्राधिकरण प्रशाखा लालबन्दीले ग्राहकहरुलाई निशुल्क सिएफएल चिम वितरण गर्न शुरु गरेको छ ।
प्राधिकरणले बुधबारदेखी लालबन्दी प्रशाखा अन्तर्गत १५ गाविसमा चिम वितरण गर्न शुरु गरेको हो । प्राधिकरणले बुधबार नै पत्थरकोट, रानीगन्ज, सासापुर, परवानीपुर, नेत्रगन्ज, जानकीनगर, ढुङ्ग्रेखोला, जब्दी गाविसमा सिएफएल चिम वितरण गरेको छ ।
प्रत्येक घरधुरीमा एक–एक ओटा चिम वितरण गरिएको प्रशाखा लालबन्दीका वरिष्ठ सहायक कविन्द्रराज शाहीले बताए । उनका अनुसार प्रत्येक महिना विद्युत महशुल बुझाएका ग्राहकहलाई रसिद देखाएपछि चिम प्रदान गरिएको छ । अब प्रशाखा अन्तर्गत पर्ने बाँकी गाविसहरुमा आगामी दिनमा चिम वितरण गरिने प्राधिकरणले जनाएको छ । अन्य चिमको प्रयोग बढेपछि प्राधिकरणले विद्युत खपत घटाउन यस्तो अभियान ल्याएको हो ।
No comments:
Post a Comment