काठ तस्करी रोक्न छलफल
सर्लाही समाचारदाता
कर्मैया, माघ १० । कर्मैया गाविसको चुरे क्षेत्र बाट भईरहेको अवैध काठ तस्करी रोक्न शुक्रवार स्थानीय सरोकारवाला संग छलफल भएको छ ।
हरिहर सामुदायिक वनका अध्यक्ष भिम थापाको अध्यक्षता तथा ईलाका वन कार्यालयका सहायक वन अधिकृत नरेश यादवको प्रमुख आतिथ्यतामा छलफल भएको हो । छलफलमा राजनीतिक दलका प्रतिनिधी, स्थानीय वासिन्दा लगायतले वन क्षेत्रमा भैरहेको अवैध तस्करी रोक्ने विषयमा छलफल भएको थियो । वन क्षेत्रमा भैरहेको अवैध चोरी निकासीका साथै प्रस्तावित पार्वती सामुदायिक वन लाई सामुदायिक वनमा परिणत गर्ने विषयमा छलफल भएको बताइएको छ ।
छलफलमा नेपाली काँग्रेसका दिपक रानाभाट, रमेशराज काफ्ले, शंकर थापा, एमालेका रेवती पन्त, एकिकृत नेकपा माओवादीका भरत थापा, नेकपा माओवादीका टंक प्रसाई लगायतको सहभागिता रहेको थियो ।
No comments:
Post a Comment