भक्तिपुरमा निःशुल्क छाला रोग शिविर
सर्लाही समाचारदाता
भक्तिपुर, माघ ०९ । स्वास्थ्य चौकी भक्तिपुरमा विहीबार भएको निःशुल्क छाला रोग सम्बन्धी शिविरमा दुईसय पाँच जना लाभान्वित भएका छन् ।
स्वयं साहयता समुहको आयोजनामा भएको शिविरमा छाला सम्बन्धि विभिन्न रोगीहरुको उपचार गरिएको हो । शिविरमा लालगढ अस्पतालका वरिष्ठ छाला रोग विशेषज्ञ टोलीले बिरामीहरुको स्वास्थ्य परिक्षण गरेका थिए ।
शिविरमा सहभागी बिरामीहरुलाई निःशुल्क औषधी समेत प्रदान गरिएको समुहका भक्तिपुर अध्यक्ष प्रेमराज आचार्यले बताए । यसैविच विहिवार नै सो स्वयं साहयता समुह भक्तिपुरको नयाँ भवनको शिलन्यास गरिएको छ । भवनको कृष्ठरोग नियन्त्रण महाशाखाका निर्देशक चुणामणी भण्डारीले शिलन्यास गरेका हुन ।
No comments:
Post a Comment