आगलागीबाट तीन लाखको क्षति
सर्लाही समाचारदाता
खुटौना, माघ ०९ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खुटौना गाविसको एक घरमा आगलागी हुँदा तीनलाख रुपैयाँ बराबरको धनमाल डढेर नस्ट भएको छ ।
खुटौना–७ का ताकिर मियाँ मिकरानीको घरमा आगलागी हुँदा तीनलाख बराबरको क्षति भएको बताइएको छ ।
बुधवार राती अचानक आगलागी हुँदा मिकरानीको घर र घर भित्र रहेको लत्ता कपडा, खाद्यन्न र चारवटा खसी जलेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
आगालागी स्थानीय र खुटौनी प्रहरी चौकीको सहयोगमा आधा घण्टा पछि नियन्त्रणमा लिईएको छ ।
आगालागीको कारण खुल्न नसकेपनि घुर बाट आगलागी भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
No comments:
Post a Comment