जडिबुटी सम्बन्धि अन्तरक्रिया सम्पन्न
सर्लाही समाचारदाता
लालबन्दी, माघ १४ । जडिबुटी संकलन भण्डारण तथा प्रशोधन तालिम एवं सरोकारवालाहरुको अन्तरक्रिया गोष्ठी मंगलबार सम्पन्न भएको छ ।
दुई दिने कार्यक्रममा जिल्ला स्थित विभिन्न सामुदायिक, कबुलियती लगायत वन क्षेत्रमा जडिबुटी खेती गर्ने कृषक एवं सरोकारवालाहरुको उपस्थिती रहेको थियो । कृषि वन तथा वातावरण संरक्षण समाज सर्लाहीको आयोजनामा भएको गोष्ठीको समापन समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै वन विभागका उपमहानिर्देशक रेशमबहादुर डाँगीले स्थानीय स्तरमा चाँडोभन्दा चाँडो फाईदा पाउन सक्ने व्यवसाय भएकाले जडिबुटी (गैरकाष्ठ वन पैदावार) खेती गर्न आग्रह गरे । सरकारले गैरकाष्ठ वन पैदावारको क्षेत्रलाई सरकारले नीतिगत रुपमा पनि प्राथमिकतामा राखेको उल्लेख गर्दै उपमहानिर्देशक डाँगीले समुदाय र नीजि क्षेत्रको साझेदारीमा अगाडी बढे यो व्यवसाय अझ फस्टाउने बताए ।
गैरकाष्ठ वन पैदावार प्रवद्र्धन सञ्जालका राष्ट्रिय अध्यक्ष सिताराम दाहालको सभापतित्व रहेको समापन समारोहमा जिल्ला वन अधिकृत केदारप्रसाद दाहाल विशेष अतिथि रहेका थिए । समारोहमा संयुक्त राष्ट्र संघीय कृषि तथा खाद्य संगठन कार्यालय पुल्चोकमा कार्यरत डा. राजेन्द्र केसी लगायतले जडिबुटी खेती प्रवद्र्धनका बारेमा मन्तव्य राखेका थिए । केसी केही वर्ष पहिला जिल्ला वन कार्यालयमा सहायक वन अधिकृतको रुपमा समेत कार्यरत रहेका थिए । सञ्जालका अध्यक्ष एवं कार्यक्रमका सभापति सिताराम दाहालले सर्लाहीमा जडिबुटी खेतीको अवस्था, भावि रणनीति, अवसरहरु लगायत बारेमा कार्यपत्र समेत प्रस्तुत कार्यक्रम लालबन्दी स्थित होटल साईनोको सभाहलमा सम्पन्न भएको हो । समापन कार्यक्रम संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनका परामर्शदाता छोटेलाल चौधरीले सञ्चालन गरेका थिए ।
No comments:
Post a Comment