सर्लाही समाचारदाता
हरिपुर, माघ ५ । शिवशक्ति बचत तथा ऋण सहकारी संस्था लि. हरिपुरको ११औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सभाको उद्घाटनका क्रममा बचत तथा ऋण सहकारी संघ (नेफ्स्कून) केन्द्रिय समितिका अध्यक्ष ऋषीराज घिमिरेले संस्थामा मासिक बचत अनिवार्य गर्दै शेयर सदस्य संख्या वृद्धि गराउनुपर्ने उल्लेख गरे । सहकारीको बचत नै भविस्यको सहारा हुने बताउदै अध्यक्ष घिमिरेले भने–‘मासिक बचत नगर्ने र वर्षमा एउटा सामाजिक कार्य नगर्ने सहकारी संस्था नै हुँदैन ।’
विष्णु चालिसेद्वारा संचालित गरिएको कार्यक्रममा संस्थाका अध्यक्ष पुरुषोत्तम काफ्लेले आ.व. ०६९÷०७० को अवधिमा भएको कूल कारोबार एककरोड ४५ लाख १५ हजार आठसय २५ रुपैया १६ पैसाको विवरण प्रस्तुत गर्दै आ.व. ०७०÷०७१ मा एककरोड ६६ लाख ४१ हजार एकसय ९६ रुपैयाको अनुमानित बजेट विवरण सार्वजनिक गरेका थिए ।
सभामा प्रस्तुत विवरणमा आ.व. ०६९÷०७० को अवधिसम्म ६ सय १६ शेयर सदस्यबाट नौलाख ४८ हजार पाँचसय शेयरपुँजी रहेको छ । सो अवधिमा संस्थाले एककरोड ३० लाख ८६ हजार ६ सय १९ रुपैया ऋण लगानी र एककरोड ३८ लाख ७९ हजार चारसय ३७ रुपैया असुली गरी पाँचलाख ९० हजार तीन सय ११ रुपैया खुदनाफा गर्ने सफल भएको जनाइएको थियो ।
विचविचमा सहकारी सम्बन्धी खैजडी भजन र दोहोरी गित मार्फत चेतना प्रदान गरिएको कार्यक्रममा संस्थामा उत्कृष्ठ कार्य गर्ने संचालन,शेयरसदस्य, कर्मचारीलाई सम्मान गरिनुका साथै नेफ्स्कूनका केन्द्रीय पदाधिकारीहरुलाई ‘मायाको चिनो’ प्रदान गरिएको थियो ।
सभामा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष बाबुराम घिमिरे, उपाध्यक्ष हरेन्द्र राउत लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम स्थलमा दुई बालकले बाल बचत खाता खोलेका थिए ।
No comments:
Post a Comment