चिसोले बिरामी बढे
सर्लाही समाचारदाता
हरिवन, माघ १७ । केहि दिन अघिदेखी बढेको चिसोका कारण सर्वसाधारणको जनजिवत कष्टकर बनेको छ ।
केहीदिन घाम लागेर राहत महसुस गरेका सर्वसाधारण तीनदिन देखि पूनः चिसो बढेपछि कष्टपूर्ण दैनिकी गुजार्न बाध्य बनेका छन् । जाडो बढेसँगै घर तथा चोक चौराहामा आगो तापेर बस्ने गरेका सर्वसाधारण बाक्लै भेटिन थालेका छन् । जाडो बढेसँगै जिल्लाका स्वास्थ्य संस्थाहरुमा चिसोबाट उत्पन्न हुने बिरामीको चाप समेत बढन् थालेको छ ।
चिसोका कारण बालबालिका र बृद्धबृद्धामा निमोनिया, कोल्ड डाईरिया, रुखाखोकी, टन्सिल लगायतको समस्या देखा परेको चिकित्सकको कथन छ । चिसोका कारण दैनिक ५० देखी ५५ जना बिरामी अस्पताल आईरहेका जनाइएको छ ।
अस्पताल आउने विरामीमा अधिकांश वृद्धवृद्धा र पाँच वर्ष मुनिका बालबालिका रहेका हरिवनका स्वास्थ्यकर्मी श्याम कुशवाहले बताए ।
No comments:
Post a Comment