खानेपानी माग्दै बाल आश्रमका बालबालिका
खानेपानी दिवसको अवसरमा ¥याली प्रदर्शन गर्दै बाल आश्रमका बालबालिका एवं स्थानीय सर्वसाधारण । |
हरिवन, चैत ०८ । विश्व खानेपानी दिवसका अवसरमा हरिवनको सुखेपोखरी स्थित ‘सर्भिस फर पिस’ नेपालद्वारा सञ्चालित बाल आश्रमका बालबालिकाहरुले शनिबार ¥याली निकालेका छन् ।
बालबालिकाहरुले अनावश्यक पानी खर्च नगरौं, स्वस्थ र शुद्ध खानेपानी पिउँ, लगायत नाराबाजी गर्दै सुखेपोखरीबाट नयाँरोडसम्म ¥याली गरेका थिए । ¥यालीमा स्थानीय भद्रभलाद्मी, समाजसेवी, महिला सहित सर्वसाधारणहरुको समेत सहभागिता रहेको थियो ।
नयाँरोड बजार परिक्रमा पश्चात ¥याली आश्रममै पुगेर संक्षिप्त कार्यक्रममा परिणत भएको थियो । सभामा बोल्दै सर्भिस फर पिस नेपालका निर्देशक सरोज खनालले आश्रममा खानेपानीको चरम अभाव देखिएकाले बालबालिकाहरुको दैनिक जीविकामा नै समस्या आएको बताए । ‘‘खानेपानीको उचित प्रबन्ध हुन नसक्दा आश्रम सञ्चालनमै समस्या आएको छ ।’’ खनालले भने–‘‘भएको चापाकल सुक्यो, त्यस्तै चापाकल गाड्दा पानी नै आउँदैन ।’’
खनालले डिप ट्यूवेल धसाउनका लागि पहल गर्न समेत उपस्थित स्थानीय समाजसेवी, भद्रभलाद्मी लगायतसँग अनुरोध गरे । साथै उनले खानेपानीको डिप ट्यूवेल धसाउनका लागि संस्थाले ६ लाख रुपैयासम्म सहयोग गर्ने घोषणा समेत गरे । उक्त बाल आश्रममा सर्लाही सहित विभिन्न जिल्लाका ४० जना बालबालिका आश्रीत छन् ।
बाल आश्रममै रहेका हरिशंकर खड्काले खानेपानी अभावका कारण निकै समस्या भएको दुःखेसो गरे । ‘‘आश्रममा भएको धारा सुकि हाल्यो, अहिले खानेपानीकै लागि त निकै समस्या छ, नुहाई धुवाईका लागि त परै जाओस् ।’’ खड्काले अनुरोध गरे–‘‘कोही दाताहरुले खानेपानीको उचित प्रबन्ध गरिदिए, आश्रममा रहेका ४० जना बालबालिकालाई धेरै राहत हुने थियो ।’’
हरिवन गाविस–५ मा रहेको आश्रम तथा आसपासका गाउँहरुमा रहेका चापाकल सुक्दै गएकाले निकट भविष्यमै खानेपानीको हाहाकार मच्चिने स्थानीय बासिन्दाहरु बताउँछन् । आश्रममा रहेको धारा सुकेपछि हाल छिमेकिको धारबाट पानी ल्याएर काम चलाउने गरिएको निर्देशक खनालले बताए । छिमेकिहरुको धारा पनि क्रमशः सुक्दै गएकाले केही समयपछि नै खानेपानीको ठूलो समस्या झेल्नुपर्ने अवस्था आउने खनालको भनाई छ ।
पछिल्लो वर्षहरुमा पूर्व–पश्चिम राजमार्ग भन्दा उत्तर हरिवन, नेत्रगंज, अत्रौली, सासापुर लगायत गाविसहरुमा खानेपानीका चापाकल सुक्दै जान थालेका छन् भने नयाँ गाडिने चापाकलमा समेत पानी नआउने गरेको स्थानीय बासिन्दाले गुनासो गरे ।
No comments:
Post a Comment