Saturday, March 22, 2014

कालिञ्जोरमा खानेपानीको पहल

कालिञ्जोरमा खानेपानीको पहल
सर्लाही समाचारदाता
कालिन्जोर, चैत ०८ । कालिन्जोर ७ र ८ सुकेपुर टोलमामा वर्षौ देखि रहेको खानेपानी समस्या समाधान गर्न गाउँलेहरु एकजुट भएका छन् । गाउँमा खानेपानी समस्या समाधान गर्न ट्¥याङ्की निमार्णको लागी दुई सय ५५ घरधुरीबाट जनही चारसयको दरले रकम संकलन गरिएको स्थानीय सन्तोष बरालले जानकारी दिए ।
खानेपानी समस्या हटाउन स्थानीयबाट श्रमदान र रकम संकलन गरी झण्डै ८० हजारको लागतमा ट्¥याङ्की निमार्ण गर्न लागिएको बरालले बताऐ । वडा नम्वर ७ को पोखरी छेउमा ट्¥याङ्की निमार्ण गर्न लागिएको बताइएको छ ।
त्यस्तै स्थानीयले उपभोग गर्दै आएका वडा नम्वर ७ कै पिपलचौतारा नजिक रहेको खानेपानी ट¥याङ्कीलाई भरपर्दो तरीकाले मर्मत गर्ने समेत स्थानीय बीचमा निर्णय भएको छ । गाउँमा खानेपानी सेवा तत्काल भरपर्दो बनाउन स्थानीय अगुवा ऋषराज बरालको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ ।
खानेपानी ट¥याङ्की निर्माणका साथै पाएपहरु मर्मत गर्नका लागी गाविस कार्यालयले पनि ५० हजार बजेट बिनियोजन गरेको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने प्राय सवै गाविसको विभिन्न वडामा वर्षौ देखि हिउँदको समयमा खानेपानीको हाहाकार हुँदै आएको छ ।

No comments:

Post a Comment