बाख्रालाई निःशुल्क पीपीआर
सर्लाही समाचारदाता
मलंगवा, चैत ०५ । सर्लाहीमा यस वर्ष करिब ७५ हजार बाख्रालाई निशुल्क पिपिआर बिरुद्धको भ्याक्सीन लगाईने भएको छ ।
सो रोगको उच्च जोखिम रहेको चार दर्जन गाविस पहिचान गरेर चैत ७ गते अर्थात आगामी शुक्रबारबाट खसीबाख्राहरुलाई भ्याक्सीन दिने तयारी भएको हो । जिल्ला पशु सेवा कार्यालयले जिल्लाको विभिन्न हाटबजारहरुमा २६ जना पशु स्वास्थ्य कार्यकर्ता मार्फत भ्याक्सीन लगाईने जनाएको छ । खसी, बोका, बाख्रापाठा धेरै जम्मा हुने हाटबजारहरुलाई लक्षित गर्दै सोही स्थानमा भ्याक्सीनको व्यवस्था मिलाउने तयारी भैरहेको बताइएको छ । अघिल्ला वर्षहरुमा सर्लाहीमा ३० हजार बाख्रापाठालाई मात्र लगाउन पुग्ने गरी भ्याक्सीन आउने गरेको भएपनि यस वर्ष पशु स्वास्थ्य निर्देशनालय काठमाण्डौबाट ७५ हजार भ्याक्सीन निशुल्क प्राप्त भएको हो । सरुवा रोगको रुपमा चिनिने पिपिआर रोगका कारण सर्लाहीमा वर्षेनी सयौँ बाख्रापाठा मर्दै आएका छन् ।
No comments:
Post a Comment