Friday, March 21, 2014

जग्गाको विषयमा झडप

जग्गाको विषयमा झडप
सर्लाही समाचारदाता
बलरा, चैत ०५ । जग्गाको विषयमा विवाद हुँदा बुधबार विहान बलरा गाविसमा दुईपक्षबीच झडप भएको छ ।
झडपमा परि दुईजना गम्भिर घाईते भएको स्थानीय बासिन्दाले बताएका छन् । बलरा गाविस–९ मा निवासी रामेन्द्र ठाकुर र पिन्टु ठाकुर गम्भिर घाईते भएका हुन् । गम्भिर घाईते दुबैलाई उपचारका लागी वीरगंज रिफर गरिएको छ ।
स्थानीय राधा कृष्ण ठाकुरको व्यक्तिगत जग्गाबाट बाटो माग गर्दा भने जति जग्गा नदिएको भन्दै सेवक सहनीको नेतृत्वमा गएको शिव प्रसाद सहनी, उमेश सहनी, लालबाबु सहनी, नागेन्द्र सहनी, सुगदेव सहनी, विलास सहनी, दिपेन्द्र प्रसाद सिंह र गोपेस कुमार सिंह लगायतका व्यक्तिहरुले घरमा आएर नै ठाकुर परिवारलाई कुटपिट गरेको घाइते रामेन्द्र ठाकुरका भतिज अंचलेश ठाकुरले बताएका छन् ।
कुटपीटमा केही अन्य समेत सामान्य घाईते भएको बताइएको छ । कुटपीटमा संलग्न आरोपीतहरु भारत तिर फरार भएको र घटनाबारे गम्भिर ढंगले अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनायो ।

No comments:

Post a Comment