Monday, March 24, 2014

चज क्याम्पसमा नयाँ विषय

चज क्याम्पसमा नयाँ विषय
सर्लाही समाचारदाता
हरिवन, चैत ०९ । चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीले आगामी शैक्षिक शत्र (०७१÷०७२) बाट प्लस् टू अन्तर्गत अंग्रेजी माध्यममा नयाँ र प्राविधिक विषय सहितको कक्षा सञ्चालन गर्ने विशेष तयारी गरेको छ ।
क्याम्पस प्रमुख हरिलाल मैनालीले शैक्षिक गुणस्तर वृद्धिका लागि विशेष तयारी गरिएको बताए । मैनालीका अनुसार अंग्रेजी माध्यममा केही नयाँ विषय समेत थप गर्दै कक्षा ११ मा भर्ना खुला गरिएको छ । त्यस्तै वाणिज्य संकायमा समेत विशेष केन्द्रित भई तयारीहरु गरिएको उनले बताए ।
विद्यार्थीहरुको चापलाई मध्यनजर गर्दै क्याम्पसले डिपार्टमेन्ट अफ म्यानेजमेन्टको समेत स्थापना गरेको छ । उक्त विभागको प्रमुखमा अध्यापक नवराज कडरियालाई चयन गरिएको क्याम्पस प्रमुख मैनालीले बताए । त्यस्तै क्याम्पसले कम्प्यूटर साइन्स, होटल म्यानेजमेन्ट, मास कमिन्यूकेशन, एलिमेन्ट अफ फाइनान्स लगायत विषयहरु समेत थप गरिएको जनाएको छ । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष राजकुमार उप्रेतीले युग सुहाउँदो विषयहरु थप गरिएको र क्याम्पसको शैक्षिक गुणस्तर वृद्धिमा समेत कुनै कञ्जुस्याँई नगरिएको दावी गरे ।

No comments:

Post a Comment