विद्यार्थीहरुलाई स्वागत र बिदाई
सर्लाही समाचारदाता
हरिवन, फागुन ३० । चुर्तुभुजेश्वर बहुमुखी क्याम्पस सुखेपोखरीमा शुक्रवार स्नातह तह प्रथम वर्षका विद्यार्थीहरलाई स्वागत र तृतिय वर्षका विद्यार्थीहरुलाई विदाई गरिएको छ ।
क्याम्पस ईकाई कमिटिका स्ववियू सभापती सुनिल श्रेष्ठको अध्यक्षता तथा क्याम्पसका संस्थापक अध्यक्ष यामिनीकुमार दिपको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको अवसरमा आन्तरिक परिक्षामा उत्कृष्ट अंक ल्याउने विज्ञान संकायकी छात्रा कन्चन राईलाई पुरस्कृत गरिएको छ । कार्यक्रममा रामशरण उपे्रती, ईन्द्र पाठक, लगायत अतिथी रहेका थिए ।
कार्यक्रममा मन्तव्य राख्दै क्याम्पस प्रमुख हरि मैनालीले सकारात्मक वातावरण तयार गरी विद्यार्थीहरुलाई सहज वातावरणमा पढ्ने व्यवस्था मिलाउने प्रतिवद्धता जनाए । स्नातक तह दोस्रो वर्षको नतिजा जिल्ला भरमा नै उत्कृष्ट आएको अवसरमा शुक्रवार खुशियाली साटासट गरिएको क्याम्पसले जनाएको छ । बिदाई भएका स्नातक तह ते्रसो तहका विद्यार्थीहरुले शिक्षकहरुलाई मायाको चिनो समेत प्रदान गरेका थिए ।
No comments:
Post a Comment