Friday, March 21, 2014

सर्लाहीलाई औलो रोग मुक्त गरिने

सर्लाहीलाई औलो रोग मुक्त गरिने
सर्लाही समाचारदाता
मलंगवा, चैत ०६ । नेपाललाई सन् २०२६ सम्ममा औँलो मुक्त घोषणा गर्ने लक्ष्य अनुरुप सर्लाहीमा पनि तयारी अगाडि बढाईएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
औलो रोगीहरुलाई स्वास्थ्य संस्थामा निशुल्क रुपमा गुणस्तरीय एवं प्रभावकारी उपचार प्रदान गर्न विहिबार देखि जनस्वास्थ्य कार्यालयले स्वास्थ्यकर्मीहरुको लागी तालिम आयोजना गरेको छ । विभिन्न चरणमा गरी एक सय ८ जना स्वास्थ्यकर्मीहरुलाई तालिम दिईने जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
सर्लाही औँलो रोगको उच्च जोखिम रहेको जिल्ला भएपनि रोगीहरुको एकिन तत्थाङ्क नभएको र हाल तथ्यांक संकलन, स्वास्थ्यकर्मीलाई तालिम लगायत कार्यक्रम सुरु गरिएको जनस्वास्थ्य कार्यालयले जनायो । औलो रोग एनोफिलिज नामक पोथी लामखुट्टेको टोकाईबाट सर्ने रोग हो ।

No comments:

Post a Comment