पेट्रोलियमको मूल्य वृद्धिमा बिरोध
सर्लाही समाचारदाता
हरिवन, चैत ०५ । पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धिको बिरोधमा बुधबार हरिवनको सुखेपोखरी स्थित चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसका विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् ।
मुल्य वृद्धिको विरोधमा विहान ८ बजेदेखि एकघण्टा सुखेपोखरी स्थित पूर्व–पश्चिम राजमार्ग मा अवरोध गरिएको नेकपा एमाले निकट अनेरास्ववियुले जनाएको छ । विरोध कार्यक्रममा अनेरास्ववियूका जिल्ला अध्यक्ष मोहन भण्डारी, अञ्चल सचिव सुनिल श्रेष्ठ, विद्यार्थी नेता उत्तम परियार, युवा संघका अध्यक्ष रमेश चौलागाँइ, अञ्चल सदस्य शम्भु उप्रेती, एमाले नेता केदार मैनाली लगायतले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन आग्रह गरेका थिए ।
No comments:
Post a Comment