हरिपुरमा दुई परिवार विस्थापित
सर्लाही समाचारदाता
हरिपुर, चैत ०४ । बोक्सी आरोप लगाउँदै दुव्र्यवहार भएपछि हरिपुर गाविस–६ का दुई परिवार बिस्थापित भएको छ ।
बोक्सी मन्त्रवाट मान्छे मारेको भन्दै आफन्त सहितका गाउँलेले दुव्र्यवहार गरेपछि स्थानीय लक्ष्मीदेवी धामी सहितको परिवार विस्थापीत भएको हो । स्वयं देवरहरुले नै घरवाट लछार्दै बाहिर निकालेको पीडित लक्ष्मीदेवीले बताईन् ।
उनकी कान्छी देउरानी मन्तोरीया देवीको आइतवार राती निधन भएपछि त्यसको दोष उनलाई लगाइएको हो । आफन्त र छिमेकीको लछारपछारमा सामान्य चोटपटक लागेकी उनी त्रासले सपरिवार बिस्थापित भएकी छिन् । देवरले उनलाई बोक्सी लगाएर मारिस् अब बँचा भन्दै दुब्र्यबहार गरेका थिए ।
सुचना पाएर प्रहरी पुगेपनि त्रासले गाउँमा बस्न नसक्ने अबस्था भएपछि लक्ष्मीदेवी सपरिवार भागेर पल्लो गाउँ पचगछिया स्थित बाहिनी ज्वाईंको घरमा बस्दै आएकी छिन् । आफन्तले नै गाउँले जुटाएर कुटपिट गर्ने प्रयास गरेपछि उनी भागेकी हुन् । उनीसँग स्थानीय दुई महिलालाईपनि भिडले बोक्सी अरोप लगाएको थियो । दुबै भागेर सदरमुकाम मलंगवा पुगेका छन् ।
मन्तोरीयालाई माइती गाउँ जब्दीमा धामीझाँक्रि लगाएर झारफुक गरेपनि ठिक नभएपछि बोक्सी मन्त्रले मृत्यु भएको भन्दै उनको लाश लिएर लक्ष्मीदेवीको घरमा देवर उदय सहितका हुल आएर लछार पछार पारेका थिए ।
सानो बच्चा र आफु मात्र घरमा रहेको बेला दुव्र्यवहार भएको लक्ष्मीदेवीले भनिन् । शरिरवाट मन्त्र झारेर जिवित बना भन्दै आफूमाथि दुव्र्यवहार भएको समेत उनले गुनासो गरिन् । काम गर्न ईटाभट्टामै बस्ने उनका पति गोकुलप्रसाद धामी बोक्सी आरोपमा कुटपिट भएको सुनेर राती नै घरमा अइपुगे । सबै गाउँले एकजुट भएर आक्रमण गर्ने प्रयास जारी राखेपछि त्रासमा रात गुजारा गरेको उनले सुनाए ।
साख्खे चारजना भाईको नेतृत्वमा आएका गाउँलेले कुटपिट एवं दुव्र्यवहार गरेको गोकुलले बताए । कान्छा भाईसँग जमिनको सामान्य बिवाद भएकाले त्यही रिसमा श्रीमतीमाथि दुव्र्यवहार भएको उनले गुनासो गरे ।
बोक्सी आरोपमा दुब्र्यबहार र आक्रमण हुने संभावना बढेपछि चितायनमा प्रहरी परिचालन बढाइएको छ । हरिपुर इलाका प्रहरी कार्यालयका निरीक्षक शम्भु पोखरेलले शान्ति सुरक्षा असर पर्ने कुनैपनि क्रियाकलाप हुन नदिने वताए ।
No comments:
Post a Comment