Saturday, March 22, 2014

एसएलसीमा १५ निष्कासित

एसएलसीमा १५ निष्कासित
सर्लाही समाचारदाता
मलंगवा, चैत ०७ । एसएलसी    (प्रवेशिका) परीक्षा–२०७० अन्तर्गत शुक्रबार दोस्रो दिन नेपाली विषयको परीक्षाका क्रममा तीनजना निरीक्षक (गार्ड) र १४ जना परीक्षार्थी निष्काशित भएका छन् ।
जिल्ला शिक्षा कार्यालयका अनुसार पब्लिक मावि परीक्षा केन्द्रबाट १३ जना र उमावि केशरगंज परीक्षा केन्द्रबाट एकजना परीक्षार्थी निष्काशनमा परेका हुन् । ‘चिट’ चोरिरहेको अवस्थामा फेला परेका विद्यार्थीहरुलाई निष्काशन गरिएको परीक्षा समन्वय समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरेले बताए ।
त्यस्तै विद्यार्थीलाई ‘चिट’ चोराइरहेको फेला परेपछि पब्लिक मावि परीक्षा केन्द्रबाट एकजना, नेराराशि मावि परीक्षा केन्द्रबाट एकजना र मुगराज उमावि मूर्तिया परीक्षा केन्द्रबाट एकजना निरीक्षकलाई निष्कासन गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । परीक्षा केन्द्र भित्र एवं बाहिर अमर्यादित एवं अनियमित क्रियाक्लाप गर्ने निरीक्षक, परीक्षार्थी र अन्य सर्वसाधारणलाई तुरुन्त कार्वाही गरिने प्रअिज घिमिरेले बताए ।

No comments:

Post a Comment