Saturday, March 22, 2014

दुई वेवारिसे शव फेला प¥यो

दुई वेवारिसे शव फेला प¥यो
सर्लाही समाचारदाता
हरिवन, चैत ०८ । जिल्लाका दुइ स्थानमा शनिवार दुइ शव वेवारिसे अवस्थामा फेला परेको छ । कर्मैया र हरिवनमा शव फेलापरेको प्रहरीले जनाएको छ ।
कर्मैया–१ स्थित बागमती नदी किनारमा शल्यक्रिया गरेर फालेको अवस्थामा एक शिशुको शव फेला परेको छ ।  करिव ५ महिनाको गर्भमा भएको शिशुलाई बागमती खोलाको किनारमा फालेको अवस्थामा फेला पारिएको हो । शिशुलाई केहि दिन अघि नै शल्यक्रिया गरेर फालेको हुनाले सडेको अवस्थामा शव फेला पारिएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक महेश थापाले जानकारी दिए । शवलाई आजै स्थानीय भद्रभलादमीको रोहवरमा खोलामा नै गाडिएको थापाले बताए । गर्भ जाँच गराउँदा छोरी भएको थाहापाएपछि शल्यक्रिया गरेर फालेको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।
त्यस्तै हरिवनमा पनि शनिवार अपरान्ह एक पुरुषको शव फेला परेको छ । बजारमा मागेर हिँडने करिव ५५ वर्षका नाम ठेगाना खुल्न नसकेका पुरुषको शव फेला परेको हो । शवलाई पोष्टमार्टमका लागी जिल्ला अस्पताल मलंगवा पठाईएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । जिल्लामामा केहि दिन यता लगातार शव फेला परिरहेको छ ।

No comments:

Post a Comment