अनुगमन गर्ने ६ टोली
सर्लाही समाचारदाता
मलंगवा, चैत ०४ । एसएलसी परीक्षा समन्वय समिति सर्लाहीले परीक्षामा अनुगमन गर्नका लागि ६ वटा क्षेत्रमा अनुगमन टोली गठन गरेको छ ।
परीक्षालाई मर्यादित, व्यवस्थित र अनुशासित ढंगले सम्पन्न गर्नका लागि अनुगमन टोली खटाईने एसएलसी परीक्षा समन्वय समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरेले बताए । क्षेत्र नं. १ मा इलाका प्रशासन कार्यालय हरिवनका प्रमुख मदनप्रसाद पराजुली नेतृत्वको टोली, क्षेत्र नं. २ मा जनताको तटबन्ध कार्यालय प्रमुख देवेन्द्र साह नेतृत्वको टोली, क्षेत्र नं. ३ मा वागमती सिचाई आयोजनाका लेखा अधिकृत शिवप्रसाद अधिकारी, क्षेत्र नं. ४ मा डिभिजन सिचाई कार्यालय मलंगवाका प्रमुख शैलेन्द्रकुमार झा, क्षेत्र नं. ५ मा सागरनाथ वन विकास परियोजना प्रमुख हेमराज अर्याल र क्षेत्र नं. ६ मा स्थानीय विकास अधिकारी उमेश बस्नेतको नेतृत्वमा अनुगमन टोली खट्ने जिल्ला शिक्षा अधिकारी राजकुमार विश्वकर्माले जानकारी दिए ।
जिल्ला शिक्षा अधिकारी विश्वकर्माले एसएलसी परीक्षाको तयारी समेत पूरा भएको जानकारी दिए । ‘‘प्रश्नपत्र र उत्तर पुस्तिका सम्बन्धित केन्द्राध्यक्षको जिम्मा लगाउने, केन्द्राध्यक्षलाई अभिमुखिकरण लगायतका कामहरु सम्पन्न भईसकेको छ ।’’ जिशिअ विश्वकर्माले सर्लाही दैनिकसँग मंगलबार भने–‘‘भोली अनुगमन टोलीमा खटिने अधिकारीहरुलाई परीक्षा निर्देशिका सम्बन्धि जानकारी सहित काम कर्तव्य र अधिकारबारेमा अभिमुखिकरण गराइने छ ।’’ परीक्षा केन्द्र आसपास अमर्यादित क्रियाक्लाप गर्ने, हुलहुज्जत गर्ने लगायत नियम विपरितका क्रियाक्लाप गर्नेहरुलाई नियन्त्रणमा लिने, परीक्षामा सहभागि विद्यार्थीले आचरण एवं नियम विपरित कार्य गरेको फेला पारेमा आवश्यक कार्वाही गर्ने अधिकार समेत टोलीलाई दिईएको प्रजिअ घिमिरेले बताए ।
आÇनो स्थानमा अर्को विद्यार्थी राखेर परीक्षा दिएको, चिट चोरेको लगायत अमर्यादित क्रियाक्लाप गरेको फेला परेमा सम्बन्धित विद्यार्थीलाई ६ महिना कैद वा एकलाखसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । यसवर्ष जिल्लाका ३१ वटा परीक्षा केन्द्रमा आगामी विहिबारबाट एसएलसी परीक्षा हुँदैछ ।
No comments:
Post a Comment