जनज्योतिमा विद्यार्थीलाई विदाई
सर्लाही समाचारदाता
लालबन्दी, चैत्र १० । जनज्योति बहुमुखी क्याम्पस लालबन्दीमा स्नातक तह तेस्रो वर्षको अध्ययन पुरा गरेका विद्यार्थीहरुलाई सोमाबर विदाई गरिएको छ ।
नेकपा एमाले सम्बद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले एक कार्यक्रमका बीच उनीहरुलाई विदाई गरेको हो । क्याम्पस ईकाई कमिटीका अध्यक्ष टेष्टराज भण्डारीको अध्यक्षता तथा व्यवस्थापन समितिका उपाध्यक्ष डिल्ली अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख वीरेन्द्र चौधरी, सहायक क्याम्पस प्रमुख दीपक पोखरेल, प्रध्यापक संघका जिल्ला अध्यक्ष बाबुराम दहाल, प्राध्यापक सुनिल चौधरी, बिद्यार्थी नेता उतम परियार, संगठन विभाग प्रमुख उज्वल कार्की लगायतको उपस्थिती रहेको अनेरास्ववियु जिल्ला अध्यक्ष मोहन भण्डारीले बताए ।
विदाई कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम समेत गरिएको थियो । साँस्कृतिक कार्यक्रममा भाग लिने विद्यार्थीहरुलाई सोही कार्यक्रममा शैक्षिक सामाग्री समेत प्रदान गरिएको बताइएको छ ।
No comments:
Post a Comment