Monday, March 24, 2014

रानीगंजको आय व्यय सार्वजनिक

रानीगंजको आय व्यय सार्वजनिक
सर्लाही समाचारदाता
रानीगंज, चैत ०९ । रानीगंज गाविस कार्यालयले आइतबार दोस्रो चौमासिक आय व्यय सार्वजनिक गरेको छ ।
गाविसका कार्यालयको भवनमा गाविस सचिव कुलनाथ घिमिरेको अध्यक्षतामा भएको भेलाले आय व्यय सार्वजनिक गरेको हो । गाविसमा चौमासिक आय २५ लाख भन्दा बढी र खर्च पनि २२ लाख भन्दा धेरै भएको प्रतिवेदन प्रस्तुत गरिएको थियो  । भेलामा स्थानीय राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, विभिन्न गैर सरकारी संघसंस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । गाविस कार्यालय रानीगंजका अनुसार मंसिरदेखि फागुन सम्मको आम्दानी र खर्च प्रस्तुत गरिएको हो ।

No comments:

Post a Comment