मलंगवा, चैत १४ । एचआइभी एड्सबाट सङ्क्रमित बालबालिकालाई मासिक रूपमा भत्ता दिइने भएको छ । सङ्क्रमित बालबालिकालाई जीवनयापन र अध्ययनमा सहयोग पुगोस् भन्ने उद्देश्यले मासिक रूपमा एक हजार रुपैयाँ भत्ता दिन लागिएको हो । सङ्क्रमित १८ वर्षभन्दा मुनिका बालबालिकाले अनुदान पाउनेछन् ।
एचआइभी सङ्क्रमित बालबालिकाका लागि संरक्षण तथा स्याहार गर्न र उनीहरूको क्षमता विकासका लागि अनुदान दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालयका निरीक्षक प्रभाकर झाले बताए । ‘अनुदान पाएपछि सङ्क्रमित बालबालिकाको दैनिक जीवनयापन सहज हुनेछ’ उनले भने–’यस्तो अनुदानको निरन्तरता हुन आवश्यक छ ।’ एचआइभी सङ्क्रमित बालबालिकाका धेरैको अभिभावकको मृत्यु भइसकेको हुनाले शिक्षा आर्जन र दैनिक जीवनयापन समेत कठिन हुँदै आएको छ ।
‘ग्लोबल फन्ड’को सहयोगमा ‘सेभ द चिल्डे«न’मार्फत ‘कम्युनिटी सपोर्ट ग्रुपले अनुदान वितरण गर्ने जिम्मा पाएको छ । एचआइभी सङ्क्रमित बालबालिकाको लगत लिनका लागि जिल्लाका सञ्चारमाध्यमबाट सार्वजनिक सूचनाबाट आव्हान गरिने र त्यसकै आधारमा अनुदान वितरण गरिने झाले बताए ।
No comments:
Post a Comment